Rato Samachar
Sat, 13 June, 2026
वि.स.
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • प्रदेश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • राजनीति
  • खेलकुद
  • चलचित्र
  • अन्रर्वार्ता
  • अर्थ-विजनेस
  • भिडियो
  • निर्वाचन
    • स्थानीय निर्वाचन
    • प्रदेश निर्वाचन
    • राष्ट्रिय निर्वाचन
  • अन्य
    • राशिफल
    • पत्रपत्रिका
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • प्रविधि
    • मनोरञ्जन
    • विचार-ब्लग
    • प्रहरी/अपराध
    • समाज
    • घटना
    • साहित्य
    • धर्म-संस्कृति
    • पर्यटन
समाचार समाज

सर्पदंशबारे जनचेतना जगाउन चारवर्षे अभियान सुरु

 नेपालमा सर्पदंश रोकथामबारेमा जनचेतना जगाउन चारवर्षे अभियान सुरु गरिएको छ । पूर्वराष्ट्रपति डा रामवरण यादवले आज यहाँ आयोजित कार्यक्रममा अभियानको सुरुआत गर्नुभएको हो । उहाँले अभियानले मानिसलाई सर्पदंशबाट बचाउन जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने बताउनुभयो । जीव–जनावरका बासस्थान मासिँदै जाँदा मानिसको संसर्गमा आउने गरेको उहाँको भनाइ छ । उहाँले नेपालमा वनजङ्गल मासिँदै गएको र यसले जीव–जनवारको बासस्थान पनि खोसिँदै गएकोप्रति चिन्ता व्यक्त गर्दै जीव–जनावारलाई बचाउन सके जैविक विविधताको संरक्षण हुने बताउनुभयो । “चारकोशे झाडी र चुरे पनि नासिँदै गइरहेको छ”, उहाँले भन्नुभयो, “त्यहाँ रहेका जीव–जनावरको बासस्थान पनि नासिँदै गएको छ । अनि ती जीव–जनावर मानिसको संसर्गमा आइरहेका छन् ।” विश्व स्वास्थ्य सङ्गठन नेपालका प्रमुख डा. राजीव पाण्डवले नेपालको तराईमा सर्पदंशका बिरामी देखिने गरेको उल्लेख गर्दै अभियानले विशाक्त सर्पको टोकाइमा बच्न सहयोग मिल्ने बताउनुभयो । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा चुमनलाल दासले नेपालमा सरकारी, समुदायिक अस्पताल र नेपाल आर्मी गरी ९० वटा सर्पदंशका उपचार केन्द्र रहेको भन्दै अझै अपुग रहेको बताउनुभयो । उहाँले जनशक्ति, तालिम र उपकरण बढाएर उपचार केन्द्र थप्नुपर्ने बताउनुभयो । उहाँले सर्पदंश उन्मूलन गर्न नसकिने र अभियानमार्फत रोकथाम गर्न सकिने बताउनुभयो । उहाँका अनुसार गत वर्ष करिब १० हजार मानिसलाई सर्पले डसेको थियो । तीमध्ये नौ सय २१ जनालाई विशालु सर्प र आठ हजार नौ सय ५२ जनालाई विशालु नभएका सर्पले डस्ने गरेका छन् । नेपालमा करेत र गोमन विशालु जातका सर्प हुन् । बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा ज्ञानेन्द्र गिरीले सन् २०३० सम्ममा सर्पदंशको रोकथाम र नियन्त्रण गरिने बताउनुभयो । उहाँले सर्पदंशबाट तराईका मानिस बढी पीडित रहेको भन्दै जनचेतनामार्फत रोकथाम गर्नुपर्ने धारणा राख्नुभयो । प्रतिष्ठानका डा सञ्जीवकुमार शर्माले सर्पदंशबाट किसान, गाउँघरका गोठ, गाईवस्तु हेर्ने र स्कुल जाने उमेरका बालबालिका बढी पीडित रहेको बताउनुभयो । उहाँका अनुसार सर्पदंशबाट ८० प्रतिशत मानिस अस्पताल नपुगी घर वा बाटोमा नै मृत्यु हुने गरेका छन् । तीमध्ये तीन चौथाइ महिला र बालबालिका मृत्यु हुने गरेका छन् । कुल सर्पदंशमध्ये नेपालमा ७.६ प्रतिशत मानिसको मृत्यु हुने गरेको उहाँको भनाइ छ । उहाँले गाउँघरमा सर्पदंशबाट शिक्षा र जनचेतना जगाउन सके रोकथाम गर्न सकिने बताउनुभयो । रोटरी क्लब काठमाडौँ मिड–टाउनका अध्यक्ष डा निर्मल रिजालले तराईको विभिन्न स्थानमा सर्पडसाइले हरेक वर्ष अकालमा ज्यान जाने गरेको र त्यसबाट बचाउनका लागि अभियान सञ्चालन गरिएको बताउनुभयो । उहाँका अनुसार अभियानका क्रममा थारू, अवधि, भोजपुरी र मैथली भाषामा सर्पदंशबाट जानकारी गराइने छ । उहाँले सर्पदंशबाट बच्नका लागि ग्रामीण भेगका मानिसले जुत्ता लगाएर तथा टर्च बालेर नहिँड्ने तथा राति सुत्दा झुलको प्रयोग नगर्ने गरेकाले यिनै विषयहरुलाई अभियानका क्रममा सिकाइने बताउनुभयो । रोटरी क्लबका पूर्वअध्यक्ष सरोज श्रेष्ठले सर्पले टोकेपछि सर्पको पहिचान कसरी गर्ने भन्ने बारेमा पनि मानिसहरु अनभिज्ञ रहेकाले धेरैको अकालमा ज्यान जाने गरेको भन्दै सर्प कसरी चिन्ने भन्ने बारेमा पनि अभियानमा सिकाइने बताउनुभयो । “सर्पले टोक्यो कि अरु केहीले टोकेको हो तथा सर्पको डसाइ कस्तो हुन्छ भनेर ग्रामीण भेगमा सर्पले टोकेपछि धामी–झाँक्रीजस्ता माध्यमबाट विष निकाल्न सकिन्छ भन्ने प्रचलन रहेको छ”, उहाँले भन्नुभयो, “त्यसले गर्दा मानिसको मृत्यु हुने गरेको पाइन्छ । यस्ता व्यक्तिलाई चाँडोभन्दा चाँडो ‘एन्टिस्नेकभेनम’ औषधि प्रयोग गरेर ज्यान बचाउन सकिन्छ ।” उहाँले धेरै पनि व्यक्तिलाई धामी–झाँक्रीमा नगई अस्पतालमा जानु पर्दछ र एन्टिस्नेकभेनम औषधि प्रयोग गर्नुपर्दछ भन्ने जानकारी नभएको समेत बताउनुभयो । उहाँले भन्नुभयो, “मानिसलाई जनचेतना जगाइ सर्पदंशबाट बचाउन आवश्यक रहेको छ । त्यसैले अभियानमार्फत सचेतना कार्यक्रम सञ्चालन गर्दछौँ ।” ग्रामीण भेगमा स्थानीय पाँच भाषामा के कारणले सर्पको डसाइ हुन्छ र सर्पको डसाइबाट बच्नका लागि के गर्नुपर्दछ, सर्पले डसेपछि उपचारका लागि कहाँ–कहाँ जानुपर्दछ र क–कसलाई सम्पर्क गर्नुपर्दछ भनेर अभियानका बेला रेडियो, टेलिभिजन र सामाजिक सञ्जालबाट जनचेतना जगाइने छ । विश्व स्वास्थ्य सङ्गठन, स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्र र रोटरी क्लबको आयोजनामा चार वर्ष २५ जिल्लामा सर्पदंशबाट बच्नका लागि अभियान सञ्चालन गरिने छ ।रासस

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित थप समाचारहरु

हेटौंडाका युवाहरुको सडकका वेवारिसे तथा घाइते कुकुरको उद्दारमा सक्रियता

रातो समाचार संवाददाता

हेटौंडा–१५ मा वडाध्यक्ष कप फुटबल प्रतियोगिता सुरु

रातो समाचार संवाददाता

तेस्रो बागमती प्रदेश खेलकुदमा महिला फुटबल प्रतियोगिताका लागि मकवानपुरको टोली घोषणा

रातो समाचार संवाददाता

सरकारी विज्ञापन नीतिको खारेज गर्न माग गर्दै पत्रकार महासंघ मकवानपुरको जिल्ला प्रशासनमा धर्ना

रातो समाचार संवाददाता

विश्व वातावरण दिवस–२०८३ सप्ताहव्यापी कार्यक्रम सम्पन्न

हेटौंडा सिटी कलेजद्वारा स्नाकोत्तर तहमा ४ वर्षे वीवीएस निःशूल्क पढाउने घोषणा

बागमती प्रदेशका उत्कृष्ट चालक तथा सहचालकलाई यातायात मन्त्रालयको सम्मान, सबैभन्दा बढी सम्मान हुने मकवानपुरका चालक तथा सहचालक

रातो समाचार संवाददाता

विश्व वातावरण दिवसमा सर्प उद्दारकर्ता राजेश गरिबलाई सम्मान

रातो समाचार संवाददाता

किङ कोब्रोको टोकाइमा परेर हेटौंडा अस्पतालमा उपचारत राजेश गरिबलाई वार्डमा सारिँदै

रातो समाचार संवाददाता

विश्व वातावरण दिवसको सप्ताहव्यापी कार्यक्रम, पाथीभरा मन्दिरको बाटोमा वृक्षारोपण

रातो समाचार संवाददाता

लोकप्रिय



भर्खरै

हेटौंडाका युवाहरुको सडकका वेवारिसे तथा घाइते कुकुरको उद्दारमा सक्रियता

रातो समाचार संवाददाता

हेटौंडा–१५ मा वडाध्यक्ष कप फुटबल प्रतियोगिता सुरु

रातो समाचार संवाददाता

तेस्रो बागमती प्रदेश खेलकुदमा महिला फुटबल प्रतियोगिताका लागि मकवानपुरको टोली घोषणा

रातो समाचार संवाददाता

सरकारी विज्ञापन नीतिको खारेज गर्न माग गर्दै पत्रकार महासंघ मकवानपुरको जिल्ला प्रशासनमा धर्ना

रातो समाचार संवाददाता

विश्व वातावरण दिवस–२०८३ सप्ताहव्यापी कार्यक्रम सम्पन्न

हेटौंडा सिटी कलेजद्वारा स्नाकोत्तर तहमा ४ वर्षे वीवीएस निःशूल्क पढाउने घोषणा

लालरत्न मिडिया प्रा.लि द्धारा सञ्चालित

Rato Samachar

सम्पर्क

Hetauda-2, Makawanpur, Bagamati Province, Nepal
ratosamachar@gmail.com
+977-9855031145, 9811136795

कम्पनी दर्ता नं.

277788/078/079

सञ्चार रजिस्ट्रारको कार्यालय बागमती प्रदेश, दर्ता नं.:

00091

बागमती प्रदेशको राजधानी हेटौँडाबाट लालरत्न मिडिया प्रा. लि द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका यो हो रातो समाचार डट कम ।
हरेक प्रहर सत्य र निश्पक्ष खबर हरेक नागरिक समक्ष पुर्याउने रातो समाचार डट कमको कदम रहेको छ ।
प्रविधिले फड्को मारेको समयमा प्रविधिको प्रयोग मार्फत हरेक प्रहर सत्य र निश्पक्ष खबर नागरिकहरु समक्ष पुर्याउन र पत्रकारिताको माध्यमबाट सहिलाई सहि गलतलाई गलत भन्न हामी पछि हट्ने छैनौँ ।
हामी कसैको व्यक्तीगत होइनौ सबैको स।झा हौँ । समाचार, कला साहित्य मनोरञ्जन, बिचारका प्रस्तुती र भिडियो समाग्रीहरु पस्कने हाम्रो कर्तव्य हुने छ ।
हामीलाई सदैव तँपाईको साथ र सहयोगको अपेक्षमा छौँ । तँपाईको साथ र सहयोग हामीले पाईरहने छौँ भन्ने विश्वास पनि छ । धन्यवाद।
©2026 www.ratosamachar.com सर्वाधिकार सुरक्षित   Developed By: Sajilo Technology