बिमल खत्री- हेटौंडा उपमहानगरपालिकाले वडा नम्बर १६ मा माटो परिक्षण ल्याब उद्घाटन गरिएको छ ।

सोमबार एक कार्यक्रम आयोजना गर्दैउपमहानगरको एक मात्र माटो परिक्षण ल्याबमा किसानहरुले निः शुल्क ल्याबमा आफ्नो खेत बारीको माटो परिक्षण गर्न पाईने व्यवस्था सहितको ल्याब उद्घाटन गरिएको हो ।

उक्त ल्याबमा पहिलो चरणमा रु.५ लाख बराबरको प्राविधिक सामाग्रीहरु एवं आवश्यक केमिकलजन्य सामाग्री खरिद गरि माटो परिक्षणको लागि एक प्राविधिकको व्यवस्था सहित गरिएको जनाइएको छ ।

वडा अध्यक्ष रामकृष्ण कोईरालाको सभाध्यक्षतामा सम्पन्न गरिएको उक्त कार्यक्रममा नगर प्रमुख हरिबहादुर महतको प्रमुख आतिथ्तामा सम्पन्न भएको हो ।