जेसीआई बसामाडीको जेसीजको सप्ताह वर्ष २०२२ वार्षीक विभिन्न कार्यक्रमहरुको आयोजना अन्तर्गत आज चौथो दिन खाद्यान्न तथा शैक्षिक सामाग्री सहयोग गरेको छ ।
हेटौंडा ७ कमानेमा रहेको आशा फाउन्डेसनलाई एक कार्यक्रमको आयोजना गर्दै खाद्यान्न तथा शैक्षिक सामाग्री सहयोग गरिएको हो ।
अभियान अन्तर्गत आइताबार हेटौडा उपमहानगर २ स्थित बनस्खण्डी मन्दिरका लागी इन्भटरको ब्याट्री सहयोग, दोस्रो दिन सोमबार हाम्रो घर बालगृहलाई खाद्यन्न सहयोग, तेस्रो दिन मंगलबार अन्तर जेसीज फुटसल प्रतियोगितामा र बुधाबार खाद्यान्न तथा शैक्षिक सामाग्री सहयोग गरेको जेसीआईका अध्यक्ष चिराग अग्रवालले बताए ।
उनले बताए अनुसार विहीबार भीमफेदी बजारमा रहेको बाल मन्दिरमा शैक्षिक सामाग्री र खेलकुदका सामाग्री वितरण गर्ने कार्यक्रम रहेको छ।
बसामाडी जेसीजका अध्यक्ष चिराग अग्रवालको सभाअध्यक्षता तथा बसामाडी जेसीज २०२२ का सल्लाहकार एंव कांग्रेस नेता अशोक शाक्यको प्रमुख अतिथ्यतामा कार्यक्रम सम्पन्न गरिएको कार्यक्रम संयोजक पर्मेश्वर पौडेलले जानकारी दिए ।
उक्त कार्यक्रममा आशा फाउन्डेसनका व्यवस्थापक बालकृष्ण चौलागाई, २०२२ महासचिव जेसी जनक शर्मा भण्डारी, का.का. अध्यक्ष मुल कार्यक्रम संयोजक जेसी सुरज डङ्गोल, सह मुल कार्यक्रम संयोजक उपाध्यक्ष २०२२ जेसी मनिष घिमीरे, जेसीजका पदाधिकारी एंव सदस्यहरु लगायको उपस्थिती रहेको थियो ।














प्रतिक्रिया दिनुहोस्