बागमती प्रदेशको राजधानी हेटौंडा उपमहानगरपालिकाले सफा हेटौंडा अभियान सुरु गरिरहँदा हेटौंडा १० बसपार्क क्षेत्रमा भने दुर्गन्ध छ ।
हेटौंडाको मुटुमा रहेको बसपार्क क्षेत्रमा नगरपालिकाले निर्माण गरेको सार्वजनिक शौचालयको शौच समेत बाहिरै बगेर फोहर र दुर्गन्ध युक्त बनेको हो ।
जानकारी पाएर पनि सम्बन्धितले सफा बनाउने चासो नदेखाएको स्थानिएहरुको गुनासो छ ।
सफा, सुन्दर र हरियाली उपमा पाएको हेटौंडाको बसपार्कमै रहेको सार्वजनिक सौचालयको सौचको फेहर बाहिरै बगेर फोेहोरले तनाव खेप्नुपरिरहेको बसपार्क क्षेत्रमा रहेका व्यवसायीकहरुले बताएका हुन् ।
बिभिन्न जिल्लाबाट आउने यात्री देखि व्यवसाय गरिरहेका महिला र पुरुषहरु सार्वाजानिक सौचालयमा जाने गरेका छन् भने सौचालयको पछिल्लो भागमा फोहोर बाहिरनै बगेर दुर्घन्धित बनाएको छ ।
अव्यवस्थित सौचालय र बगेको फोहरको दुर्गन्धले व्यवसायमा मार परेको विषयमा हेटौंडा उपमहानगरको मेयर मिना लामाले सुबिधायुक्त सार्वजनिक सौचालय निमार्ण गरिने योजना अघि सारिएको बताएकी छन् । तत्कालको समस्या दुर्घन्ध हटाउन र व्यवस्थित गर्न तत्कल पहल गर्ने बताएपनि उस्तै अवस्थामा रहेको छ ।














प्रतिक्रिया दिनुहोस्