हेटौंडा उपमहानगरमा चौथो स्थानीय तह मकवानपुर गोल्डकप २०७९ आयोजना गरिने भएको छ ।

मकवानपुर जिल्ला फुटबल संघको आयोजनामा यही आंउदो जेष्ठ १९ गतेबाट गोल्डकप सुरु हुने भएको विहीबार हेटौंडामा गरिएकोपत्रकार सम्मेलन जानकारी गराईएको हो ।

हेटौंडाको पिप्ले क्याम्पा खेल मैदानमा हुने प्रतियोगितामा दर्शकका लागि एक सय, दुई सय र दुई सय पचास टिकट शुल्क लाग्ने आयोजकले जनाएको छ ।
खेलमा करिब एक करोड १५ लाख खर्च हुने अनुमान गरिएको छ ।

खेलमा देशका १० वटा क्लबहरुको सहभागिता रहने कार्यक्रम संयोजक प्रताप विष्टले बताए।

उनले बताए अनुसारखेल नक आउटको आधारमा खेलाईने प्रतियोगितामा विजेताले १५ लाख र उपविजेताले १० लाख प्राप्त गर्ने छन् ।
विधागत पुरस्कारमा जनही २५ हजार नगदप्राप्त गर्ने बताए ।

संघका अध्यक्ष टिकाराम लामाको सभाध्यक्षता तथा हेटौंडा १४ का वडा अध्यक्ष दीपक खड्काको प्रमुख अतिथ्यतामा सम्पन्न कार्यक्रममा जिल्ला खेलकुद विकास समिति मकवानपुरका अध्यक्ष भेष खड्की, कार्यालय सचिव राजन दाहाल (खुसराज) लगायतको उपस्थिती रहेको थियो ।