चितवान भरतपुर महानगरपालिकाको मेयरमा सत्ता गठबन्धनबाट माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहाल विजयी भएकी छन् । उपमेयरमा कांग्रेसका चित्रसेन अधिकारी विजयी भएका छन् ।
बैसाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनको १,२५,८४२ मत गन्दा दाहालले ५१,११२ मत पाएकी छिन् ।
त्यस्तैगरि उपमेमयरमा गठबन्धनबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका उम्मेदवार चित्रसेन अधिकारीले ५१,९०३मत पाएका छन्।
भरतपुर महानगरपालिकामा १ लाख २७ हजार ८सय ३९ मत खसेको थियो । मतगणनाको नतिजा अनुसार गणना बाँकी रहेको मत भन्दा पनि दाहाल र अधिकारीकै अधिक मत हुने भएका आधारमा विजयी भएका हुन् ।
घोषण भने भईसकेको छैन ।















प्रतिक्रिया दिनुहोस्