हेल्प डेस्क नेपालले हेटौंडा उपमहानगरपालिका, जिल्ला प्रशासन र नारायणी यातायातसघं हेटौंडालाई ध्यानाकर्षण गराएको छ ।
मकवानपुरमा रहेर सामाजिक क्षेत्रमा कार्य गर्दे आएको हेल्प डेस्कद्धारा बिहीबार उपमहानगरका उपमेयर राजेश बानियाँ, प्रमुख जिल्ला अधिकारी राजेन्द्र देव पाण्डे र नारायणी सघं हेटौंडाका अध्यक्ष हिरालाल श्रेष्ठलाई पत्र सहितध्यानाकर्षण गराइएको हो ।
मकवानपुरको बजार क्षेत्रमा सार्वजनिक सवारी साधन विश्राम स्थल क्षेत्रहरुमा घुम्ती शौचालय, निशुल्क पिउने पानी नगरमा हुने फोहर जन्य बस्तु व्यवस्थित गर्न डस्वीनको व्यवस्था अविलम्व कार्यान्वयनका लागि उललेख गरिएको छ ।

ध्यानाकर्षण पत्रमा यस्तो छ ।

“उपर्युक्त सम्बन्धमा यस हेल्प डेक्स नेपालले कोभिड –१९ को महामारीका समयमा मात्रै होईन विभिन्न सामाजिक सेवाका विविध क्रियाकलापहरु गर्दै आएको विदितै छ । यसै सन्दर्भमा हामीले हाम्रो समाजलाई वातावरणीय दृष्टिकोणले समेत स्वच्छ राख्नु अपरिहार्य छ । तर पछिल्लो समय सडकमा गुड्ने सवारीहरुका यात्रुहरुले आफूले प्रयोग गरिसकेका विभिन्न सामग्रीहरु यात्रारत अवस्थामै सडक किनारमा फाल्ने गर्नाले वातावरण दुषित हुँदै गएको तर्फ ध्यानाकर्षण गराउँदछौं । दिनानुदिन वातावरणीय दृष्टिकोणले असर गरेको प्रति सबै आमजनसमुदायमा सचेतना फैल्याउँदै सार्वजनिक सवारी साधनहरुमा अनिवार्य डस्वीनको व्यवस्था कार्यान्वयनका लागि यहाँको ध्यानाकर्षण गराउँदछौं । साथै, जिल्लाका बजार क्षेत्रमा सार्वजनिक सवारी साधन विश्राम स्थल क्षेत्रहरुमा घुम्ती शौचालय, निशुल्क पिउने पानी, डस्वीनको व्यवस्था अविलम्व कार्यान्वयनका लागि अनुरोध छ । ”