बागमती प्रदेशको राजधानी हेटौडामा रहेको एस्ट्रोनोभा फाउण्डेले नेपालले वैशाख ९ गतेदेखि ‘समर स्टिम क्याम्प तथा एक्स्पो–२०८३’आयोजना गर्दै १५० जना विद्यार्थीलाई पूर्ण छात्रवृत्ति प्रदान गर्ने भएको छ।
हेटौडामा रहेका विद्यालयहरुबाट कक्षा ६ देखि १२ सम्म अध्ययनरत विद्यार्थी सँगै एसइई दिएका विद्यार्थीले सहभागिता जनाउन सक्नेछन्।

विज्ञान र प्रविधि रुचिको विषय भएका विद्यार्थीलाई कोडिङ, आर्टिफिसियल इन्टेलिजेन्स, ड्रोन, इन्जिनियरिङ, कला तथा साहित्य जस्ता विषय छनोट गरेर व्यवहारिक ज्ञान सीपको सिकाइमा उन्मुख गराउन एक मिहिने र बाँकी १५ दिन विद्यार्थीलाई प्रयोगात्मक सँगै हालको समयमा देखिएका समस्याको उचित समाधानमा गर्न सक्षम बनाउने उद्देश्यले आयोजना गरिएको एस्ट्रोनोभा फाउण्डेसनका संस्थापक अध्यक्ष किसन बास्तोलाले बताए ।

बास्तोलाका अनुसार उत्कृष्ट क्षमता भएका १५० जना विद्यार्थी छनोट गरि पूर्ण छात्रवृत्ति प्रदान गरिने छ भने विद्यार्थीहरूलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञान मेलामा नेपालको प्रतिनिधित्व गरेर सहभागि हुने अवसर समेत दिइने छ ।
विभिन्न विधाका विश्वविद्यालयका विद्यार्थीहरू र विज्ञ टोलीहरुले सहजिकरण गर्ने क्याम्पमा सहभागीहुन इच्छुक विद्यार्थीका लागि सशुल्क सहभागि हुन पाउने छन् ।

हेटौडा उपमहानगरपालिकाको आर्थिक सहयोगमा हुन लागेको क्याम्पमा सहभागी हुन पुरा गर्नुपर्ने प्रक्रियाहरु तल दिइएको पत्रमा उल्लेख गरिएको छ ।