रोशन दिप – मकवानपुरको विकट राक्सिराङ गाउँपालिकामा लत्ताकपडा वितरण गरिएको छ ।

समाजको हितका लागी केहि गर्ने मोह भएका हेटौंडेली युवाहरुले वडा नं ५ स्थित चैनपुरका अध्यक्ष हरी बहादुर प्रजालाई विपन्न वर्ग समुहका मानिसहरुको परिवारमा उक्त लत्ताकपडा बाड्दिन आग्रह गर्दै हस्तान्तरण गरेका हुन् ।

विपन्न वर्ग समुहका मानिसहरुलाई जाडोमा शरिर ढाक्नको लागी लत्ताकपडाको अभाव भएको समस्यालाई मध्यनजर गर्दै हेटौंडा उपमहानगरपालिकाका देवराज घिमिरे, रवि दाहाल, डिजे काल भैरव, सास्वत अधिकारी लगाएत युवाहरुले सामुहिक रुपमा गएर लत्ताकपडा हस्तान्तरण गरेका हुन् ।