हेटौंडा उपमहानगरपालिका वडा नम्बर ११, १२ जोडिने पुल तोकिएको समयभन्दा अगाडि नै निर्माण सम्पन्न भएको छ ।
वागमती प्रदेश भौतिक पूर्वाधार मन्त्रालयले २ सय १५ मिटरको पक्की पुल २०७६ असोज २७ निर्माणकार्यका लागि सम्झौता गरे पछि २०७९ असोज २६ गते निर्माण सम्पन्न मिति तोकिएको थियो ।
तोकिएको समयभन्दा ३ महिना अगावै निर्माण सम्पन्न गरेकाले पुरस्कार समेत दिईने जनाईएको छ ।
एलिट कन्स्ट्रक्सन कम्पनी प्रालिले २०७९ असार २४ गते पुल र ७ सय मिटरको एप्रोच सडक मन्त्रालयलाई हस्तान्तरण गरेको हो ।
कुल ३२ करोड ८८ लाख २९ हजारमा निर्माण सम्पन्न हुने अनुमान गरिएको पुल २७ करोड ४६ लाख २० हजार रुपैयाँमा ठेक्का सम्झौता गरेको यातायात पूर्वाधार निर्देशनालय हेटौंडाले जनाएको छ । निमार्ण सम्पन्न भएपछि बिभिन्न सवारी साधानहरु सुचारु भइरहेको छ भने उद्घाटन हुन बाँकीनै छ ।
हेटौंडा ११ नवलपुर हुँदै करिब ५ किलोमिटर पश्चिममा निमार्ण भएको पुलले ११ र १२ नम्बर वडाको सम्बन्ध झनै सुमुधर बनाएको दुबै वडाका स्थानिएहरु बताउँछन् ।
सम्पन्न भएपछि सवारी साधानदेखि पैदल यात्रा गर्ने स्थानियहरुले बजार जान निकै कठिन परेको अवस्थामा सहज भएको भन्दै खुसि व्यक्त गरेका छन् ।
यसै विषयमा स्थानियहरुको विचार सहितको हेर्नुहोस् भिडियो ।।।




















प्रतिक्रिया दिनुहोस्