हेटौंडा । हेटौंडा उपमहानगरपालिकाको टोल विकास समितिले विविध कार्यक्रमको आयोजना गर्दै विश्व वातावरण दिवस मनाउने भएको छ । शुक्रबार आयोजित पत्रकार सम्मेलन मार्फत टोल विकास संस्थाका ध्रुव अधिकारीले भोलि शनिबारबाट एक सातासम्म विविध कार्यक्रम गर्दै विश्व वातावरण दिवस मनाउन लागेको जानकारी गराएका छन् ।
“प्रकृतिको प्रेरणा, जलवायु संरक्षण,भविष्यको सुनिश्चतता लाई आत्मा भोलि शनिबारबाट जेठ २२ गतेसम्म सप्ताहव्यापी कार्यक्रमको आयोजना गरिने उनले बताए । सप्ताहव्यापी कार्यक्रम अन्तर्गत टोल तथा सार्वजनिक क्षेत्र सरसफाइ, वृक्षारोपण अभियान, प्लास्टिकजन्य फोहोर न्यूनीकरण सम्बन्धी सचेतना, अन्तरक्रिया, जनचेतनामूलक ऱ्यााली, हरियाली प्रवर्द्धन, सामुदायिक छलफल, वातावरणमैत्री व्यवहार प्रवर्द्धन तथा नागरिक सहभागितामूलक अभियानहरू सञ्चालन गरिने उनले बताए ।
मिति हेटौंडा उपमहानगरभित्र पहिलो दिने विशेष सरसफाई अभियान,भान्छा नै औषधालय सचेतना कार्यक्रम, तेस्रो दिन फोहोर खोज चुनौति कार्यक्रम, चौथो दिन वृक्षारोपण कार्यक्रम, हेटौंडा-७ मा प्लाष्टिक मुक्त सचेतना कार्यक्रम बोत्तल देउ, बिरुवा लिउ कार्यक्रम, प्रकृति सम्बाद यात्रा-२०८२, जलवायु परिवर्त























प्रतिक्रिया दिनुहोस्