बैसाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनको मत गणना जारी छ।

सम्पन्न स्थानीय तहको निर्वाचनको मत गणना हेटौडा उपमहानरमा आज बिहान ८ बजेदेखी सुरु भएको हो।

बिहानदेखी नै आफुले चुनेको उम्मेदवार पाउने आसामा मतदाता दलका प्रतिनिधी र सर्मथकहरु बसेका छन् ।

केही समय अघि गरिएको ३०७६मत गणनामा मेयर पदको उम्मेद्वार एमालेका तर्फबाट अनन्त प्रसाद पौडेलले ९सय२३ मत प्राप्त गरेका छन् ।
गठवन्धनको तर्फबाट नेकपा एसको मिना कुमारी लामाले ९सय२२ मत प्राप्त गरेकी छन्।

इन्ट्री मारेका उम्मेद्वार राप्रपा तर्फका दिपकबहादुर सिंहले ८३९मत प्राप्त गरेका छन् ।

उपमेयरमा गठवन्धनबाट नेपाली काङ्ग्रेसका राजेश बानियाँले १३५०मत प्राप्त गरेका छन्। नेकपा एमालेकी सुमित्रा काफ्लेले १०९६ मत र राप्रपाकी इन्दिरा न्यौपानेले २३३ मत पाएकी हुन् ।

मेयर पदकोलागि त्रिपक्षिय भिडन्त भएको हो ।  अन्य पार्टी र स्वतन्त्र उम्मेदवार ओझेल परेका छन् ।
मत परिणामलाई हेर्दा लामा र पौडेल विच प्रतिस्प्रधा भइरहेको छ ।  हेटौँडाको उपमहानगर १,२, १८ र १९ को मतगणना भइरहेको छ ।