स्थानीय तहको निर्वाचनका लागि गठबन्धनबाट हेटौंडा उपमहानगरपालिकाको मेयरमा मिना कुमारी लामा र उपमेयरमा राजेश बानियाँ रहेका छन् ।
२०७४मा निर्वाचित उपमहानगरको उम्मेदवार मेयर नेकपा एकीकृत समाजवादीबाट लामा र नेपाली कांग्रेसबाट उपमेयर बानियाँ सहित टोलीनै आफ्नो कार्ययोजना सहित घरदैलो अभियानमा दौडिएका छन् ।
मतदाताको घरघरमा पुगेर उपमहानगरको समस्या समाधनाका लागि उम्मेदवारी रहेको बताएका उम्मे्दवारहरुले प्रतिगमनको हाबीको अन्त्य गरि जनताको हरेक समस्या सभाधान गर्ने प्रतिबद्धताजनएका छन् ।
आसन्न स्थानीय निर्वाचनमा गठबन्धन लाई अत्यधिक मत दिएर बिजय गराउने भन्दै वडा वडामा उम्मेदवारहरुलाई स्वागत गरिरहेका छन् ।
सोहीक्रममा गठबन्धमा उपमहानगरपालिकालागि पहिलो पटक महिला नेतृत्व पाउने गरि अवसर जुटाएकोमा नगरबासीहरुले खुसी व्यक्त गरेर गठबन्धलाई आफुहरुले विजयी गराउने बताएका छन् ।
चुनावी घरदैलो अभियानमा रहेका उम्मेदवारहरुको सर्मथन गर्दै विगतमा उपमेयर भएर काम गरेको अनुभवी मेयरमा महिलाको नेतृत्व र हेटौँडा ५ को वडाध्यक्षमा रहदा शान्तिनगरको डुवान रोक्न चालेको कदम र वडाबासीको समस्यामा समाधानको लागि कमदम चलाउने जन प्रतिनिधि पाएमा हेटौंडा उपमहानगरको मुहार फेरिने बताएका थिए ।
गठबन्धनका मेयर उम्मेदवार लामा र उपमेयर बानियनले समग्र विकास गर्न ‘झुट र आश्वासनको पुलिन्दाबाट देशलाई जोगाएर संविधानको रक्षा गर्न जनताको हरेक समस्या समाधान गर्ने प्रतिबद्धता जनएका थिए ।

















प्रतिक्रिया दिनुहोस्