बैसाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचनका लागि बिभिन्न राजनीतिक दलहरूले चुनाव केन्द्रित कार्यक्रमलाई तीव्रता दिदै गईरहेका छन् ।
राजनितिमा रहेका व्यक्तीहरुले पदका लागि आफ्ना योजना सुनाउदै उम्मेदवारमा आफूनै योग्य भएको भन्दै दावी समेत गरिरहेका छन्।
पार्टीको तर्फबाट पनि उम्मेदवारको नाम सिफरिस समेत गरिरहेका छन् ।
यसैविच स्थानीय तहको निर्वाचनमा नेकपामाओवादी केन्द्र मकवानपुर मनहरी गाँउपालिका वडा ७ नं वडा अध्यक्षमा खुशिलाल मोक्तानलाई अघि सारेको छ।
वडाध्यक्षमा मोक्तान सहित सदस्यहरु उमेश राई,राजन गिरि,राममाया बिकलाई अघि सारेको मनहरी ७ नं वडा कमिटीले जनाएको छ ।

















प्रतिक्रिया दिनुहोस्