हेटौंडा / सुन व्यवसायको कथामा आधारित नेपाली चलचित्र ‘नम्बरी सुन’ साउन २५ गते शुक्रबार देखि प्रदर्शन हुने भएको छ ।
सुनको काम कालीगढी काम कसरी बढ्यो भन्ने जवाफमा आधारित रहेको र सुनको इतिहाससँगै विभिन्न वर्गका युवा युवती बीचको प्रेम
प्रेमले निम्त्याउने घटनालाई प्रस्तुत गरिएको चलचित्र रहेको निर्माण पक्षले बताएका छन् ।
मानवका लागि जन्मदेखि मृत्युसम्म जोडिएको वस्तु सुन भएको र आफ्नै इतिहास भएकाले पनि मनोरञ्जनसँगै सुनसँग जोडिएको तथ्यलाई दर्शकसम्म पुर्याउने जमर्कोमा तछयार गरिएको फिल्मले दर्शकको मन जित्ने विश्वास रहेको बताएका हुन् ।
चलचित्रमा गौरव पहारी, नम्रता सापकोटा, विनोद न्यौपाने, सरोज खनाल, बुद्धि तामाङ, राजाराम पौडेल, किरण नेपाली, राजेन्द्र खड्गी, सविन बाँस्तोला, गीता अधिकारी, नारायण खाती, अस्मिता न्यौपाने, राजेन्द्र गिरी, कङ्गना गिरी लगायतका कलाकारको अभिनय नम्बरी सुनमा छ ।
सुवर्ण शिभान्स् फिल्मस् को व्यानरमा निर्माण भएको चलचित्रका निर्देशक राजु गिरी हुन् । सुन व्यवसायी समेत रहेका सरोज खाती, सविन खाती, र मनोज रिजाल चलचित्रका निर्माता हुन ।
शिवम् अधिकारीको पटकथा तथा सम्वाद रहेको छ ।
अर्जुन पोखरेल र सन्तोष श्रेष्ठको संगीत रामजी लामिछानेको नृत्य, दिव्य सुवेदीको छांयाकन, देव महर्जनको द्धन्द र गौतमराज खड्काको सम्पादन रहेको छ ।
………………………….
हेटौंडा उपमहानगरका वडानम्बर ४ स्थित नारायनीमलमा रहेको एनएस सिनेमाजमा पनि हेर्न पाइने भएको छ ।























प्रतिक्रिया दिनुहोस्