Rato Samachar
Mon, 28 September, 2026
वि.स.
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • प्रदेश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • राजनीति
  • खेलकुद
  • चलचित्र
  • अन्रर्वार्ता
  • अर्थ-विजनेस
  • भिडियो
  • निर्वाचन
    • स्थानीय निर्वाचन
    • प्रदेश निर्वाचन
    • राष्ट्रिय निर्वाचन
  • अन्य
    • राशिफल
    • पत्रपत्रिका
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • प्रविधि
    • मनोरञ्जन
    • विचार-ब्लग
    • प्रहरी/अपराध
    • समाज
    • घटना
    • साहित्य
    • धर्म-संस्कृति
    • पर्यटन
समाचार

संरचना पुनःनिर्माण र किसानलाई क्षतिपूर्ति दिलाउन सांसदको माग

सांसदहरुले विगतका वर्षमा वर्षाका कारण क्षति भएका संरचना पुनःनिर्माण गर्न र सोही कारणले बालीमा क्षति पुगेका किसानलाई क्षतिपूर्ति उपलब्ध गराउन सरकारसमक्ष माग गरेका छन् । प्रतिनिधिसभाको आज बसेको बैठकमा शून्य समयमा बोल्दै सांसदहरुले संरचना पुनःनिर्माण र निर्माणाधीन संरचना पूरा गर्न सरकारसँग माग गरेका हुन । सांसद् सीताराम महतोले बेमौसमी वर्षाका समयमा क्षति भए पनि किसानले क्षतिपूर्ति नपाएको बताउनुभयो । गत वर्ष वर्षाका कारण सडक र पुल क्षति भएकामा पुल अझै बन्न नसकेको उहाँले औँल्याउनुभयो । सांसद् बिमला विश्वकर्माले बेमौसमी वर्षाका कारण बालीनालीमा क्षति भएका नागरिकले क्षतिपूर्ति पाउनुपर्ने र क्यान्सर पीडित तथा मिर्गाैलापीडितले सरकारले गरेको प्रतिबद्धताअनुसारको रकम नपाएको बताउनुभयो । सांसद हरिराज अधिकारीले चितवनलाई गोरखा जोड्ने पुल पप्पु कम्पनीले अहिलेसम्म आठ दश प्रतिशत मात्रै काम गरेकाले चाँडो सम्पन्न गर्न माग गर्नुभयो । सांसद सत्यनारायण खनालले पूर्व–पश्चिम राजमार्गको नारायणगढ–बुटवल सडकखण्डको अवस्था जटिल बन्दै गएको भन्दै त्यसको विषयमा गम्भीर हुन आग्रह गर्नुभयो । सांसद शेरबहादुर तामाङले औद्योगिक क्षेत्रको योगदान पाँच प्रतिशतभन्दा कम भएको अवस्थामा निजीकरण गरिएको उद्योगको अवस्थाको विषमया छानबिन गर्न माग गर्नुभयो । सांसद लालबाबु पण्डित निर्वाचनको मिति घोषणा गर्न ढिलाइ गर्नुको कारणबारे सरकारसँग जिज्ञासा राख्नुभयो । सांसद विद्या भट्टराईले प्रारम्भिक बालविकास कक्षामा कार्यरत शिक्षक र कर्मचारी बिहान ९ बजेदेखि अपरान्ह ५ बजेसम्म काम गरे पनि उनीहरुले तोकिएको तलबसमेत नपाएको बताउनुभयो । सांसद वृन्दा पाण्डेले विश्वविद्यालय कतै तालाबन्दी कतै प्रश्नपत्र बाहिरनेलगायतका घटना क्रमले गर्दा अस्तव्यस्त भएको शिक्षा क्षेत्र व्यवस्थापन गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो । सांसद बिनाकुमारी श्रेष्ठले सिद्धार्थ राजमार्गमा राखिएको बुद्धमूर्ति तोडफोड भइरहेकाले गृह प्रशासनले कडा कारबाही गर्नुपर्ने औँल्याउनुभयो । सांसद बिनादेवी बुढाथोकीले निर्वाचनको समयमा काम नहुने भएकाले अहिले नै भूमि आयोगले स्थानीय तहले जग्गा जाँच गरेका ठाउँमा पूर्जा वितरण गर्नुपर्नेमा जोड दिनुभयो । सांसद् शान्ता चौधरीले कमैया र कमलरीको पुनःस्थापना हुनुपर्ने र यसअघि सरकार र मुक्तकमैया तथा कमलरीसँग भएको सम्झौता पालना हुनुपर्नेमा जोड दिनुभयो । सांसद सरिताकुमारी गिरीले उखु किसानले आफ्नो उत्पादनले बजार पाउने र रोजगारी पाउने आशामा सस्तो मूल्यमा जग्गा बेचेको भए पनि अहिले व्यवसायीले महँगो मूल्यमा बेचिरहेको बताउनुभयो । सांसद् सरवत आरा खानमले नागरिकता विधेयकका कारण गैरआवासीय नेपाली खुसी भएको र लाखौँ युवाले विगतमा नागरिकता नपाउदा दुःख पाए पनि अब त्यो समस्या हल भएको बताउनुभयो । सांसद् सञ्जयकुमार गौतम नेपाल भारत वाणिज्य सन्धिअनुसार दुईपक्षीय व्यापारका लागि थप पाँच नाका प्रस्ताव भएकामा बर्दियाको गुलरिया पनि एक रहेकाले सीमा नाका सञ्चालनका सरकारलाई माग गर्नुभयो । सांसद हीरा गुरुङले दण्डपीडित परिवारले विगतदेखि सपना मात्रै बाँडिएकाले अहिले समस्या समाधान गर्न ध्यान दिन माग गर्नुभयो । सांसद शिवमाया तुम्बाहाङफेले सङ्क्रमणकालीन न्यायलाई आफू अनुकूल नभई पीडित अनुकूल बनाउनका लागि सरकारले गरिरहेको कामबारे प्रश्न गर्नुभयो । सांसद सत्या पहाडीले ज्येष्ठ नागरिक र लक्षित वर्गका समुदायलाई घुम्ति बैङ्किङमार्फत सामाजिक सुरक्षा व्यवस्था उपलब्ध गराउने व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गर्नुभयो । सांसद समिना हुसेनले मधेश प्रदेशमा हिंसात्मक घटना बढ्दो क्रममा रहेकाले दोषीलाई कानुनी कठघरामा ल्याई कारबाहीको माग गर्नुभयो । –––रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित थप समाचारहरु

महासमिति प्रतिनिधिमा कुमार गुरुङ (भण्डु)को उम्मेदवारी, जनजाति आरक्षणतर्फ चितवन–२ बाट दाबी

हेटौंडा अस्पताल सर्पदंशको उपचारमा समेत सक्रिय बन्दै

राजेश गरिब

सडक भासिँदा अवरुद्ध सडकखण्डमा एकतर्फी यातायात सञ्चालन

निर्माण व्यवसायी संघ मकवानपुरमा गोपालीको उम्मेदवारी, परिवर्तनको एजेन्डा अघि सार्दै

मकवानपुर गढीमा भूमिहीन६परिवारलाई जग्गाधनी पुर्जा

शवबाट कानको मुन्द्रा तानेको आरोपमा २ जना पक्राउ

अनेरास्ववियु हेटौंडा नगर कमिटीको अध्यक्षमा रिजन जीसी

रातो समाचार संवाददाता

बागमतीका मुख्यमन्त्री किरण थापाले आइतबार विश्वास लिने

रातो समाचार संवाददाता

हेटौंडाका विशालराज महतलाई आरोही व्यक्ति सम्मान

रातो समाचार संवाददाता

८० औं इन्डिपेन्डेन्स फुटबल, हेटौंडाको गोल बाढीमा हाइल्याण्ड वारियर पाखा लाग्यो

लोकप्रिय



भर्खरै

महासमिति प्रतिनिधिमा कुमार गुरुङ (भण्डु)को उम्मेदवारी, जनजाति आरक्षणतर्फ चितवन–२ बाट दाबी

हेटौंडा अस्पताल सर्पदंशको उपचारमा समेत सक्रिय बन्दै

राजेश गरिब

मैत्रीपूर्ण फुटसल प्रतियोगितामा प्रमुख सचिव टिम विजयी

सडक भासिँदा अवरुद्ध सडकखण्डमा एकतर्फी यातायात सञ्चालन

तीजको महत्व

निर्माण व्यवसायी संघ मकवानपुरमा गोपालीको उम्मेदवारी, परिवर्तनको एजेन्डा अघि सार्दै

लालरत्न मिडिया प्रा.लि द्धारा सञ्चालित

Rato Samachar

सम्पर्क

Hetauda-2, Makawanpur, Bagamati Province, Nepal
ratosamachar@gmail.com
+977-9855031145, 9811136795

कम्पनी दर्ता नं.

277788/078/079

सञ्चार रजिस्ट्रारको कार्यालय बागमती प्रदेश, दर्ता नं.:

00091

बागमती प्रदेशको राजधानी हेटौँडाबाट लालरत्न मिडिया प्रा. लि द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका यो हो रातो समाचार डट कम ।
हरेक प्रहर सत्य र निश्पक्ष खबर हरेक नागरिक समक्ष पुर्याउने रातो समाचार डट कमको कदम रहेको छ ।
प्रविधिले फड्को मारेको समयमा प्रविधिको प्रयोग मार्फत हरेक प्रहर सत्य र निश्पक्ष खबर नागरिकहरु समक्ष पुर्याउन र पत्रकारिताको माध्यमबाट सहिलाई सहि गलतलाई गलत भन्न हामी पछि हट्ने छैनौँ ।
हामी कसैको व्यक्तीगत होइनौ सबैको स।झा हौँ । समाचार, कला साहित्य मनोरञ्जन, बिचारका प्रस्तुती र भिडियो समाग्रीहरु पस्कने हाम्रो कर्तव्य हुने छ ।
हामीलाई सदैव तँपाईको साथ र सहयोगको अपेक्षमा छौँ । तँपाईको साथ र सहयोग हामीले पाईरहने छौँ भन्ने विश्वास पनि छ । धन्यवाद।
©2026 www.ratosamachar.com सर्वाधिकार सुरक्षित   Developed By: Sajilo Technology