Rato Samachar
Thu, 3 September, 2026
वि.स.
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • प्रदेश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • राजनीति
  • खेलकुद
  • चलचित्र
  • अन्रर्वार्ता
  • अर्थ-विजनेस
  • भिडियो
  • निर्वाचन
    • स्थानीय निर्वाचन
    • प्रदेश निर्वाचन
    • राष्ट्रिय निर्वाचन
  • अन्य
    • राशिफल
    • पत्रपत्रिका
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • प्रविधि
    • मनोरञ्जन
    • विचार-ब्लग
    • प्रहरी/अपराध
    • समाज
    • घटना
    • साहित्य
    • धर्म-संस्कृति
    • पर्यटन
शिक्षा समाचार समाज

विद्यालय खुले पनि पठनपाठनमा अन्योल

महोत्तरीको बर्दिबास नगरक्षेत्रका सामुदायिक विद्यालय गर्मी बिदापछि आज खुले पनि पठनपाठन भने अव्यवस्थित बनेको छ । बर्दिबास नगर कार्यपालिकाको कार्यालयले नगरभित्रका करारका नगर शिक्षकको म्याद नथपिएकाले तिनलाई हाजिर नगराउन सबै विद्यालयलाई परिपत्र गरेपछि नगरका ५५ सामुदायिक विद्यालयको पठनपाठनमा असर परेको हो । नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाले गत शुक्रबार मातहतका सबै विद्यालयलाई नगर शिक्षकलाई हाजिर नगराउन विद्यालय प्रशासनलाई परिपत्र गरेपछि अहिले यहाँ तनाव बढेको छ । नगरभित्र २२ माध्यमिक र ३९ आधारभूत सामुदायिक विद्यालय छन् । आधारभूत विद्यालयमध्ये आठवटामा बाल कक्षादेखि आठसम्मको पठनपाठन हुँदै आएका छन् । अन्यमध्ये कतिपयमा कक्षा पाँच कक्षासम्म र कतिपय भर्खरै कक्षा थप गर्दै लाने प्रक्रियामा छन् । विद्यालय र विद्यार्थी सङ्ख्याको अनुपातमा शिक्षक अभावले पठनपाठनमा असर परेपछि २०७७ चैत २७ गते प्रक्रिया थालेर नगरपालिकाले गतवर्ष भदौ एक गतेदेखि ६५ नगर शिक्षक करारमा नियुक्त गरेर व्यवस्थापन गरेको थियो । अहिले तिनै शिक्षकलाई हाजिर नगराउनु भन्ने परिपत्रले पठनपाठनमा समस्या भएको शिक्षकसम्बद्ध सङ्घ, सङ्गठनले जनाएका हुन् । गतवर्ष करारमा नियुक्त भएका शिक्षकमा १८ माध्यमिक, २५ उच्च प्रावि ९निमावि०, १५ प्रावि तह र सात कम्प्युटर शिक्षक थिए । नगर कार्यपालिकाले विभिन्न कानुनी प्रक्रिया पूरा गर्दै खुला प्रतिस्पर्धामा उत्कृष्ट भएमध्येबाट विषय मिलान गरी ६५ शिक्षक करारमा नियुक्त गरेको थियो । अहिले एक्कासि यी शिक्षकलाई हाजिर नगराउन आएको परिपत्रले शैक्षिक अराजकता बढाएको नेपाल शिक्षक महासङ्घका जिल्ला सचिव तथा बर्दिबास–६ स्थित जनहित नन्दलाल माध्यमिक विद्यालयका प्रधानाध्यापक कुमार घिमिरे बताउनुहुन्छ ।यसपालिको स्थानीयतह निर्वाचनमा विजयी जनप्रतिनिधिले एक वर्ष पहिले सबै प्रक्रिया पूरा गरेर खुला प्रतिस्पर्धाबाट नियुक्त नगर शिक्षकलाई पूर्वाग्रहका आधारमा हाजिर नगराउन परिपत्र गरेको शिक्षकसम्बद्ध विभिन्न सङ्घ, सङ्गठनले बताएका छन् । अर्को स्थायी पदपूर्ति नहोउञ्जेल काममा लगाइरहनु पर्ने नगर शिक्षकलाई वैकल्पिक व्यवस्था नगरी काममा जान रोक लगाइँदा शैक्षिक संस्थामा खुल्लमखुल्ला हस्तक्षेप बढेको शिक्षकसम्बद्ध नेपाल शिक्षक महासङ्घसहित विभिन्न शिक्षक सङ्घ, सङ्गठनले विज्ञप्ति नै जारी गरी नगर नेतृत्वको ध्यानाकर्षण गराएका छन् । एकीकृत अखिल नेपाल शिक्षक सङ्गठन बर्दिबास नगर समितिका अध्यक्ष नेत्र रम्तेल भन्नुहुन्छ , “यसलाई तत्काल नसच्याइए पठनपाठनमा हुने अस्तव्यस्तताको सम्पूर्ण जिम्मेवारी नगर कार्यपालिकाको कार्यालय र नगर नेतृत्व हुनेछ ।” यता नगरको शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख गणेश दाहाल नगर कार्यपालिकाले नगर शिक्षकको म्याद थप नगरेपछि परिपत्र गर्नाको विकल्प नरहेको बताउनुहुन्छ । “मैले लहडमा हाजिर नगराउनु भन्ने परिपत्र त गरेको हैन नि १” उहाँ सञ्चारकर्मीको जिज्ञासामा भन्नुहुन्छ, “सबै कुरा कार्यालयको अनुशासन र मर्यादाभित्र रहेर आदेश अनुसार गरिएका हुन् ।”यसअघि नयाँ आर्थिक वर्षको प्रारम्भमै नगर कार्यपालिका र वडा कार्यालयमा करारमा कार्यरत कर्मचारीको म्याद नथपिने जनाएको कार्यालयले अहिले गर्मी बिदापछि विद्यालय खुल्नुपूर्व नगर शिक्षकमाथि पनि लफडा बढाएकोे यहाँका शिक्षाविद् बताउँछन् । नयाँ नगर नेतृत्वले करारका कर्मचारीको म्याद नथप्दा अहिले अधिकांश वडा कार्यालयमा जनशक्तिको अभावले काम ठप्प छ । “म सम्पत्ति कर तिर्न वडा कार्यालयमा कैयौँ पटक पुगेँ, तर कर असूली शाखाका कर्मचारी नहुँदा त्यत्तिकै घर फर्केको छु” बर्दिबास–२ का सेवाग्राही शोभा उपाध्याय भन्नुहुन्छ, “कार्यालयमा काम नभएर सर्वसाधारण घर फर्कने स्थिति त हुनुभएन नि १” करारका कर्मचारीको प्रबन्धबिना नै पुरानालाई विस्थापन गरिँदा कार्यालयका काम अल्झेकै बीच अब विद्यालयमा पठनपाठनमा पनि समस्या हुने देखिएको छ । विद्यालयको हकमा त शिक्षकसम्बद्ध सङ्घ, सङ्गठनले परिपत्रविरुद्ध थप आन्दोलनका कार्यक्रम गर्ने सङ्केत गरेका छन् । “हामी सबै शिक्षकसम्बद्ध सङ्घ, सङ्गठनका प्रतिनिधि बस्दैछौ, अनि परिपत्रको निकासबारे संस्थागत धारणा बन्छ”नेपाल शिक्षक महासङ्घ बर्दिबास नगर समितिका अध्यक्ष सुनकुमार स्याङ्तान बताउनुहुन्छ ।यसैबीच नगरका वुद्धिजीवी र शिक्षाविद्हरुले विद्यालयको अवस्था बिग्रन नदिन नगर नेतृत्व, नगर कार्यपालिकाको कार्यालय र सम्बद्ध शिक्षक सङ्घ, सङ्गठन र आम नगरवासीमा तत्काल पहल गर्न आग्रह गरेका छन् ।रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित थप समाचारहरु

रसुवा बाढी : संकलन वेवारिसे शव जमिनमुनि व्यवस्थापन गरिने – चितवन प्रशासन

शवबाट कानको मुन्द्रा तानेको आरोपमा २ जना पक्राउ

अनेरास्ववियु हेटौंडा नगर कमिटीको अध्यक्षमा रिजन जीसी

रातो समाचार संवाददाता

बागमतीका मुख्यमन्त्री किरण थापाले आइतबार विश्वास लिने

रातो समाचार संवाददाता

हेटौंडाका विशालराज महतलाई आरोही व्यक्ति सम्मान

रातो समाचार संवाददाता

हेटौंडा फुटबल एकेडेमीले फाइनल प्रवेशका लागि लाङ्जिङ ब्वाजसंग भिड्दै

रातो समाचार संवाददाता

८० औं इन्डिपेन्डेन्स फुटबल, हेटौंडाको गोल बाढीमा हाइल्याण्ड वारियर पाखा लाग्यो

अभियन्ता नवल खड्कालाई दुई दिनमै राष्ट्रिय सम्मान

सीतादेवी स्मृति फुटबल प्रतियोगिता, भोलि हेटौंडा फुटबल एकेडेमीले सिक्किम पुलिसको सामना गर्दै

माम्रिङ व्यवाइजको पोष्टमा साविक विजेता हेटौंडा फुटबल एकेडेमीले गर्‍यो गोलको वर्षा

लोकप्रिय



भर्खरै

रसुवा बाढीबाट सकुशल फर्किएका हेटौंडा–१५ का दुई युवालाई स्वागत

भोटेकोशी बाढीपीडितका कांग्रेस बागमतीद्धारा १० लाख ६६ हजार सहयोग

‘पार्वती’ पहिलो कमाई भोटेकोशी बाढी पीडित सरकारी उद्वार कोषमा

रसुवा बाढीपीडित प्रभावित: सहयोग संकलन अभियानमा हेटौंडा उपमहानगरका टोल विकास

रसुवा बाढी : संकलन वेवारिसे शव जमिनमुनि व्यवस्थापन गरिने – चितवन प्रशासन

शवबाट कानको मुन्द्रा तानेको आरोपमा २ जना पक्राउ

लालरत्न मिडिया प्रा.लि द्धारा सञ्चालित

Rato Samachar

सम्पर्क

Hetauda-2, Makawanpur, Bagamati Province, Nepal
ratosamachar@gmail.com
+977-9855031145, 9811136795

कम्पनी दर्ता नं.

277788/078/079

सञ्चार रजिस्ट्रारको कार्यालय बागमती प्रदेश, दर्ता नं.:

00091

बागमती प्रदेशको राजधानी हेटौँडाबाट लालरत्न मिडिया प्रा. लि द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका यो हो रातो समाचार डट कम ।
हरेक प्रहर सत्य र निश्पक्ष खबर हरेक नागरिक समक्ष पुर्याउने रातो समाचार डट कमको कदम रहेको छ ।
प्रविधिले फड्को मारेको समयमा प्रविधिको प्रयोग मार्फत हरेक प्रहर सत्य र निश्पक्ष खबर नागरिकहरु समक्ष पुर्याउन र पत्रकारिताको माध्यमबाट सहिलाई सहि गलतलाई गलत भन्न हामी पछि हट्ने छैनौँ ।
हामी कसैको व्यक्तीगत होइनौ सबैको स।झा हौँ । समाचार, कला साहित्य मनोरञ्जन, बिचारका प्रस्तुती र भिडियो समाग्रीहरु पस्कने हाम्रो कर्तव्य हुने छ ।
हामीलाई सदैव तँपाईको साथ र सहयोगको अपेक्षमा छौँ । तँपाईको साथ र सहयोग हामीले पाईरहने छौँ भन्ने विश्वास पनि छ । धन्यवाद।
©2026 www.ratosamachar.com सर्वाधिकार सुरक्षित   Developed By: Sajilo Technology