Rato Samachar
Sat, 20 June, 2026
वि.स.
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • प्रदेश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • राजनीति
  • खेलकुद
  • चलचित्र
  • अन्रर्वार्ता
  • अर्थ-विजनेस
  • भिडियो
  • निर्वाचन
    • स्थानीय निर्वाचन
    • प्रदेश निर्वाचन
    • राष्ट्रिय निर्वाचन
  • अन्य
    • राशिफल
    • पत्रपत्रिका
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • प्रविधि
    • मनोरञ्जन
    • विचार-ब्लग
    • प्रहरी/अपराध
    • समाज
    • घटना
    • साहित्य
    • धर्म-संस्कृति
    • पर्यटन
समाचार समाज

विद्यार्थी आकर्षणको केन्द्र बन्दै ‘महाकवि देवकोटा नमूना मावि’

सामुदायिक विद्यालय भन्नासाथ पढाइ कमजोर हुन्छ, भन्ने बुझाइका कारण धेरै अभिभावक निजी विद्यालयप्रति आकर्षित छन् । तर शैक्षिक गुणस्तर सुधार गर्दै पछिल्लो पटक सामुदायिक विद्यालय पनि अब्बल बनिरहेका छन् । धेरै सामुदायिक विद्यालय निजी विद्यालयलाई चुनौती दिने अवस्थामा पुगेका छन् । यसैको ज्वलन्त उदाहरणको रुपमा नवलपरासी(बर्दघाट सुस्ता पश्चिम)को सुनवल नगरपालिका–४ स्थित महाकवि देवकोटा नमूना माध्यामिक विद्यालय यतिबेला विद्यार्थीको आकर्षणको केन्द्र बनेको छ । विद्यालयले गुणस्तरीय शिक्षा दिँदै उत्कृष्ट नतिजा ल्याउन थालेपछि विद्यार्थीको चाप ह्वात्तै बढेको विद्यालयका प्रधानाध्यापक खेमलाल शर्मा जोशी बताउनुहुन्छ । यो विद्यालय जिल्लाकै अब्बल र नमूना विद्यालयको रुपमा स्थापित छ । “यस विद्यालयमा विद्यार्थीको चाप अत्याधिक छ, कक्षा कोठा अभावले सबै विद्यार्थी भर्ना गर्न असमर्थ छौँ, कक्षागत आवश्यक सङ्ख्या किटान गरी प्रवेश परीक्षामार्फत भर्ना गर्ने अभ्यास गरिरहेका छौँ”, उहाँले भन्नुभयो । शैक्षिक सत्र २०७१ देखि उच्च शैक्षिक नतिजा लगातार पाँच वर्षसम्म प्राप्त गरी नेपाल सरकारले निर्धारण गरेका सूचक पूरा गरी जिल्लाकै अग्रणी नमूना विद्यालय विकासमा छनोट भई सोही अनुसार यस विद्यालयले पाँच वर्षे विद्यालय सुधार गुरुयोजना निर्माण गरी कार्यान्वयन गरिरहेको छ । हाल यस विद्यालयमा करिब दुई हजार ३०० विद्यार्थी अध्ययनरत छन् । विद्यालयमा शिक्षक र कर्मचारी गरी १०३ जना कार्यरत छन् । यो विद्यालय सङ्घीय सरकारबाट जिल्लाकै पहिलो नमूना विद्यालयमा छनोट भएको थियो, भने गतवर्ष लुम्बिनी प्रदेश सरकारबाट उत्कृष्ट सामुदायिक विद्यालयको रुपमा घोषित भएको थियो । विद्यालयमा कक्षा नर्सरीदेखि १२ सम्म अङ्ग्रेजी माध्यममा तथा कक्षा ११ र १२ मा अङ्ग्रेजी र नेपाली दुवै माध्यममा पठनपाठन हुने गरेको छ भने कक्षा ११ र १२ मा विज्ञान, व्यवस्थापन, होटल म्यानेजमेन्ट, शिक्षा, मानविकी र कानुन सङ्कायका कक्षा सञ्चालनमा रहेको प्रधानाध्यापक शर्माले बताउनुभयो । यसका साथै डिप्लोमा ईन अटोमोबाइल इञ्जिनीयरिङ(३६ महिने), छोटो अवधिको प्राविधिकधार तर्फको तालीम, खुल्ला एसइई, प्राविधिक धारतर्फको पुरक पाठ्यक्रम पनि सञ्चालनमा छ । उत्कृष्ट व्यवस्थापन, शिक्षकको मेहनत, आवश्यकता अनुसारको भौतिक पूर्वाधार, बालमैत्री, अपाङ्गतामैत्री र छात्रा मैत्री वातावरणलगायतका कारण विद्यालय अब्बल बन्दै गएको प्रअ शर्माको भनाइ छ । “सिकाइ उपलब्धिलाई वृद्धि गरी कक्षा दोहो¥याउने विद्यार्थी दर घटाइएको छ, गुणस्तरीय शिक्षाका लागि शिक्षणमैत्री भौतिक पूर्वाधार निर्माण गरिएको छ, नतिजा विश्लेषण तथा परामर्शलाई प्रभावकारी गराइएको छ”, उहाँले भन्नुभयो । विद्यालयले प्रतिस्पर्धी, सक्षम र रोजगार उन्मुख नागरिक उत्पादनमा जोड दिएको उल्लेख गर्दै उहाँले विद्यालयलाई अब्बल बनाउन वार्षिक तथा दैनिक पाठ योजना बनाइ शिक्षण गर्ने गरिएको, शिक्षकलाई विषयगत पेसागत तालिम दिने गरिएको, प्रविधिको उच्चतम प्रयोगमा अग्रसर गराइएको छ । मुलुककै उत्कृष्ट विद्यालयमध्येको एक शैक्षिक गन्तव्य बनाउने उद्देश्यका साथ आफूहरु अघि बढेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ज्ञानहरि अर्याल बताउनुहुन्छ । “यस विद्यालयलाई यस क्षेत्रको शैक्षिक हवको रुपमा विकास गर्दै भ्रमणयोग्य शैक्षिक गन्तव्यको रुपमा विकास गर्दै लैजाने मूख्य उद्देश्य हो, बालमैत्री वातावरण, साधारण र प्राविधिक शिक्षामा उच्चतम् सिकाइ उपलब्धि सुनिश्चित गरी प्रतिस्पर्धी, रोजगार उन्मुख, नैतिक र असल नागरिक उत्पादन गर्ने नमूना र नेतृत्वदायी संस्थाको रुपमा विकास गर्ने हाम्रो लक्ष्य छ”, उहाँले भन्नुभयो । विद्यालयलाई थप व्यवस्थित र शैक्षिक हवको रुपमा विकास गर्न प्राविधिक शिक्षातर्फ थप न्यूनतम चार कोठा, आधारभूत तह तथा विज्ञान कक्षामा न्यूनतम तीन वटा स्मार्ट कक्षाको लागि विद्यार्थीमैत्री आवश्यक आधुनिक फर्निचर तथा अन्य सामग्रीसहितको स्मार्ट कक्षाको व्यवस्थापन, आधुनिक प्रविधिका फर्निचरसहितको कक्षा कोठा व्यवस्थापन, विद्यालयको पश्चिमतर्फ तुरियाखोलामा तटबन्ध गर्नुपर्ने, मण्टेश्वरी कक्षामा एसी जडान गर्नुपर्ने आवश्यकता देखिएकोले तीनै तहका सरकारबाट सहयोगको अपेक्षा राखिएको अध्यक्ष अर्यालले बताउनुभयो । विसं २०१६ मा तत्कालीन सरस्वती प्राविको रुपमा स्थापना भई हाल महाकवि देवकोटा माविको रुपमा परिचित सो विद्यालय तीन ठाउँमा सञ्चालनमा छ । सुनवल–१, ४ र १० मा रहेका छुट्टाछुट्टै भवनबाट एकैपटकमा ५१ कक्षा सञ्चालन हुने गरेको छ । विद्यालयको प्रशासनिक व्यवस्थापन सहज बनाउन एक प्रधानाध्यापक, दुई सहायक प्रधानाध्यापक, तहगत र विषयगत संयोजक तोकी जिम्मेवारी बाँडफाँड गरिएको छ ।रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित थप समाचारहरु

पेट्रोलियम डिलर्स राष्ट्रिय अध्यक्षमा मकवानपुरका इटेनीको उम्मेद्वारी दर्ता

रातो समाचार संवाददाता

युवाशक्ति निर्माणको आधारस्तम्भ : नेपाल स्काउटको सात दशकभन्दा लामो योगदान

तेस्रो बागमती प्रदेश खेलकुद, मकवानपुर सेमीफाइनलमा

रातो समाचार संवाददाता

प्लास्टिकका बोतलको सट्टा फलफूलका बिरुवा, हेटौंडामा वातावरण संरक्षणको नौलो अभियान

उत्कृष्ट पुनरागमन गर्दै हेटौंडा फुटबल एकेडेमी करैयामाई गोल्डकप फुटबल प्रतियोगिताको सेमीफाइनलमा

रातो समाचार संवाददाता

आयोजक करैयामाई विरुद्ध हेटौंडा फुटबल एकेडेमीको दोब्बर अग्रतामा

रातो समाचार संवाददाता

तेस्रो बागमती प्रदेश खेलकुद, महिला फुटबलमा मकवानपुर र भक्तपुरबीचको खेल बराबरीमा रोकिँदै अंक बाँडियो

रातो समाचार संवाददाता

करैयामाइ गोल्डकप फुटबलमा हेटौंडा फुटबल एकेडेमी विरुद्ध पहिलो हाफमा आयोजकको अग्रता

रातो समाचार संवाददाता

हेटौंडा उपमहानगरको छात्रवृत्ति मापदण्डविरुद्ध स्ववियुको आपत्ति

मेस्सीको ह्याट्रिकमा अलजेरिया विरुद्ध साविक विजेता अर्जेन्टिना शान्दार सुरुवात

रातो समाचार संवाददाता

लोकप्रिय



भर्खरै

पेट्रोलियम डिलर्स राष्ट्रिय अध्यक्षमा मकवानपुरका इटेनीको उम्मेद्वारी दर्ता

रातो समाचार संवाददाता

युवाशक्ति निर्माणको आधारस्तम्भ : नेपाल स्काउटको सात दशकभन्दा लामो योगदान

तेस्रो बागमती प्रदेश खेलकुद, मकवानपुर सेमीफाइनलमा

रातो समाचार संवाददाता

प्लास्टिकका बोतलको सट्टा फलफूलका बिरुवा, हेटौंडामा वातावरण संरक्षणको नौलो अभियान

उत्कृष्ट पुनरागमन गर्दै हेटौंडा फुटबल एकेडेमी करैयामाई गोल्डकप फुटबल प्रतियोगिताको सेमीफाइनलमा

रातो समाचार संवाददाता

आयोजक करैयामाई विरुद्ध हेटौंडा फुटबल एकेडेमीको दोब्बर अग्रतामा

रातो समाचार संवाददाता

लालरत्न मिडिया प्रा.लि द्धारा सञ्चालित

Rato Samachar

सम्पर्क

Hetauda-2, Makawanpur, Bagamati Province, Nepal
ratosamachar@gmail.com
+977-9855031145, 9811136795

कम्पनी दर्ता नं.

277788/078/079

सञ्चार रजिस्ट्रारको कार्यालय बागमती प्रदेश, दर्ता नं.:

00091

बागमती प्रदेशको राजधानी हेटौँडाबाट लालरत्न मिडिया प्रा. लि द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका यो हो रातो समाचार डट कम ।
हरेक प्रहर सत्य र निश्पक्ष खबर हरेक नागरिक समक्ष पुर्याउने रातो समाचार डट कमको कदम रहेको छ ।
प्रविधिले फड्को मारेको समयमा प्रविधिको प्रयोग मार्फत हरेक प्रहर सत्य र निश्पक्ष खबर नागरिकहरु समक्ष पुर्याउन र पत्रकारिताको माध्यमबाट सहिलाई सहि गलतलाई गलत भन्न हामी पछि हट्ने छैनौँ ।
हामी कसैको व्यक्तीगत होइनौ सबैको स।झा हौँ । समाचार, कला साहित्य मनोरञ्जन, बिचारका प्रस्तुती र भिडियो समाग्रीहरु पस्कने हाम्रो कर्तव्य हुने छ ।
हामीलाई सदैव तँपाईको साथ र सहयोगको अपेक्षमा छौँ । तँपाईको साथ र सहयोग हामीले पाईरहने छौँ भन्ने विश्वास पनि छ । धन्यवाद।
©2026 www.ratosamachar.com सर्वाधिकार सुरक्षित   Developed By: Sajilo Technology