हेटौंडा । लिबर्टी माइक्रो लाइफ इनस्योरेन्स लिमिटेडको शाखालाई हेटौंडामा पनि बिस्तार गरिएको छ । शनिबार हेटौंडा-४,पारिजाथपथस्थित सिटीजन बैङ्कको तेस्रो तल्लामा लिबर्टी माइक्रो लाइफ इनस्योरेन्स लिमिटेडको हेटौंडा शाखालाई पनि सञ्चालनमा ल्याएको हो ।
लिबर्टी माइक्रो लाइफ इनस्योरेन्स सञ्चालक अशोक कुमारले २१ औं शाखाको रुपमा बिस्तार गरेको शाखाको उद्धाटन विशिष्ठ अतिथि मकवानपुर उद्योग वाणिजय संघका अध्यक्ष प्रमोद सिंह रानाभाटले गरेका हुन् । ८ महिनाको अवधिमा ४ सय ९७ जना बिपन्न परिवालाई इनस्योरेन्सबाट झण्डै ७ करोड रुपैयाँ बराबरको बिमाको रकम उपल्बध गराएको सचालक अशोक कुमारले बताए । गएको ८ महिनाको अवधिमा ४ लाख जनाको जीवन विमा गराइसकेको छ । न्यून १ सय ३२ रुपैयाँले वार्षिक १ लाख रुपैयाँ बराबरको जीवन विमा गराइने बताइएको छ ।
चितवन, बीरगन्ज, चितवन, इटहरी, गाइघाट गोलबजार,विराटनगर, दमक, गैडाकोट लगायतको ठाउँ शाखा बिस्तार भइसकेको छ । आफ्नो जीवनमा आइपर्ने आर्थिक जोखिमबाट जोगाउन जीवन बिमाले महत्वपूर्ण भूमिका खेल्ने उनले बताए ।
सरकारले गरिबी निवारणका लागि काम गरेपनि अपेक्षित नतीजा नआएको त्यसैले जीवन बिमा जरुरी रहेको उनले बताए । सन् १९९० मा बङ्गलादेशमा लघुवित्त कार्यक्रम ल्याएर गरिबी निर्वारणमा सहयोग गरेको थियो । हाल सम्म लघु वित्त कार्यक्रमले नेपालमा सफलता पूर्ण तरिकाले काम गरेको छ । कार्यक्रमको उद्धाटन समारोहमा हेटौंडा-४ का वडाध्यक्ष नवीन सिग्देलको प्रमुख आतिथ्य रहेको थियो ।























प्रतिक्रिया दिनुहोस्