Rato Samachar
Tue, 23 June, 2026
वि.स.
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • प्रदेश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • राजनीति
  • खेलकुद
  • चलचित्र
  • अन्रर्वार्ता
  • अर्थ-विजनेस
  • भिडियो
  • निर्वाचन
    • स्थानीय निर्वाचन
    • प्रदेश निर्वाचन
    • राष्ट्रिय निर्वाचन
  • अन्य
    • राशिफल
    • पत्रपत्रिका
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • प्रविधि
    • मनोरञ्जन
    • विचार-ब्लग
    • प्रहरी/अपराध
    • समाज
    • घटना
    • साहित्य
    • धर्म-संस्कृति
    • पर्यटन
समाचार समाज

रसायनको प्रयोगले केरा उत्पादनमा समस्या

रामपुर नगरपालिका– ६ प्याक्लुक बस्ने वृहस्पति अर्यालले तीनवर्ष अघि केरा खेती सुरु गर्नुभयो । पहिलो वर्ष र दोस्रो वर्षमा केराको उत्पादन राम्रै लिनुभयो तर तेस्रो वर्षमा भने केराको उत्पादन कम भएपछि उहाँ अहिले चिन्तित हुनुहुन्छ । करिब नौ रोपनीमा व्यवसाय गर्नुभएका अर्यालले हाल क्षेत्रफल घटाएर चार रोपनीमा मात्रै सीमित बनाउनुभएको छ । मेहनत र परिश्रम खर्चेर गरेको खेतीबाट पछिल्लो वर्ष त्यति राम्रो उत्पादन नभएपछि केरा लगाउँदै आएको जग्गामा अहिले अर्यालले धान खेती गर्नु भएको छ । उहाँ भन्नुहुन्छ, “विषादी र रासायनिक मलको प्रयोगले सुरुका वर्षमा केराले असाध्यै राम्रो उत्पादन दियो, हामीले धेरै उत्पादन लिन रासायनिक मल र विषादी राख्यौँ, अहिले माटो सबै बिगारेको छ, बिना विषादी उत्पादन गर्न खोजेको राम्रो भएन, केरा लगाएको आधा जग्गामा यो वर्ष धान लगाउन बाध्य भएँ ।” पहिलो वर्षमा करिब पाँच लाख, दोस्रो वर्षमा तीन लाख आम्दानी भएकामा यसवर्ष केराबाट रु ५० हजार पनि मुस्किलले आम्दानी हुने कृषक अर्यालको अनुमान छ । स्थानीय मालभोग केरा भएकाले बजार तथा गाउँमा माग बढ्दो छ । यहाँको बजारमा मालभोग प्रतिदर्जन रु ८० देखि १२०सम्म पर्छ । स्थानीय मालभोग केरा ग्राहक र बजारका व्यापारीले खोजीखोजी खरिद गर्छन् । बिक्रीका लागि झण्झट छैन तर रासायनिक मल र विषादीको प्रयोग बर्सेनि बढाउनुपर्ने अवस्था आएपछि विषादीरहित उत्पादन गर्न माटोको समस्या रहेको उहाँ बताउनुहुन्छ । “रासायनिक मल र विषादीले खेतबारीको माटो सबै विगारेको छ, हरेक वर्ष मल र विषादीको मात्रा थप्दै जानुपर्ने अवस्था छ, स्वास्थ्यलाई असर हुने भएपछि स्वस्थबाली उत्पादन गर्न खोजिए पनि विषादीबिना फल नै राम्रो लाग्दैन” कृषक अर्याल भन्नुहुन्छ । असार र साउन महिनामा करिब एक हप्ताको अन्तरालमा बोटमा विषादी छर्कनु पर्दछ । यसले माटोको उर्वराशक्ति नाश बनाएको र मानव स्वास्थ्यमा पनि नराम्रो असर पारेको व्यवसायीहरु बताउँछन् । रामपुर–६ सातबिसेपर्क बस्ने ५५ वर्षीय गिरीराज पाण्डेय पनि आजभन्दा तीनवर्ष अघि गाउँका छिमेकीले केरा लगाएको देखेर यस व्यवसायमा आकर्षित हुनुभएको हो । सुरुका वर्षमा लटरम्म फलेका केरा देख्दा उहाँ यस व्यवसायमा हौसिनुभयो । रासायनिक मल र विषादी प्रयोग गरेपछि सोँचेभन्दा बढी उत्पादन केराले दियो । पछिल्ला वर्षमा भने क्रमश ः उत्पादन घट्दै जाँदा यसवर्ष मकैखेती लगाउनुभएको छ । दुई रोपनी जग्गामा एक लाखभन्दा बढी केराको आम्दानीले कृषक पाण्डेले व्यावसाय बढाउने सोँच बनाएपनि अहिले आएर भने बारीभरी भएका बोट नै मासेर मकै लगाउन बाध्य हुनुभएको छ । “धेरै रेखदेख गर्नुपर्ने, रासायनिक मल र विषादीको मात्रा तलमाथि भएमा उत्पादनमा समस्या हुनाका साथै बारीको माटोले नै उत्पादन दिन नसक्ने अवस्था आयो, विषादी छर्केको केरा खाँदा म आफै गतवर्ष बिरामी परेँ, अहिले बोट जति सबै मासेर मकै लगाउन थालेँ” उहाँ भन्नुहुन्छ । ज्येष्ठ नागरिक लोकनाथ खनालले उत्पादन गर्न झण्झट र विषादी धेरै प्रयोग गर्नुपर्ने भएपछि केरा खेती हटाउनुभएको छ । पुराना केरा व्यवसायीले उत्पादनको क्षेत्रफल घटाउँदै गएका छन् भने केहीले बोट नै मासेर विभिन्न बालीनाली लगाउन सुरु गरेका छन् । यहाँका केही युवाले भने केराबाट राम्रो कमाइ गर्ने सोँच बनाएर व्यवसाय सुरु गरेका छन् । विजय गैरेले गत वर्षदेखि दुई रोपनी जमिनमा केरा सुरु गर्नुभएकामा करिब छ रोपनीमा यसलाई विस्तार गर्ने सोच बनाउनुभएको छ । उत्पादन राम्रो भएमा धान, मकैको तुलनामा केराबाट दोब्बर बढी आम्दानी लिन सकिन्छ । धेरै उत्पादन लिन अन्धाधुन्ध तरिकाले रासायनिक मल र विषादीको प्रयोग बढाउँदै जाँदा खेतबारीको उर्वराशक्तिमा नै ठूलो ह«ास निम्तिएको छ । रामपुर बुल्टार बस्ने अस्मिता खनालले गतवर्षदेखि दुई रोपनी जमिनमा केरा व्यवसाय थालनी गर्नुभएको छ । पहिलो वर्षमा रु ६० हजार बराबरको कमाइ गर्नुभएकी उहाँले यस पटक भने रु एक लाख आम्दानी हुने अपेक्षा गर्नुभएको छ । जिनाइन जातको केरा व्यवसाय गर्नुभएकी खनाल कहिलेकाही बजारमा केरा नबिक्दा समस्या हुने गरेको गुनासो गर्नुहुन्छ । उहाँको मकै लगाउने बारी अहिले केरा खेतीले हरियाली बनेको छ । उत्पादन बढाउने नाममा जथाभावी विषादीको प्रयोग हुनु अहिलेको कृषि क्षेत्रमा प्रमुख चुनौती रहेको छ । बाली संरक्षण गर्न भन्दै अत्यधिक मात्रामा विषादीको प्रयोगले मानव स्वास्थ्यलगायत अन्य भू तथा जलीय प्राणीमा नकारात्मक असर परेको छ । माटोको उर्वराशक्तिमा ह«ास हुँदै गएको छ ।खाद्य स्वच्छतामा जनचेतनाको कमी हुनु र रासायनिक विषादीको प्रयोग बढ्दै जानाले पनि नेपाली कृषि बजारमा रसायनको मात्रा हदभन्दा बढी भइरहेको देखिन्छ । विषादी प्रयोग नगरिएका तरकारी र खाद्यवस्तुमा कीरा लाग्ने र राम्रो नहुने हँुदा उपभोक्ताले किन्न रुचाउँदैनन् । त्यसकारण त्यस्ता उपभोग्य वस्तु बिक्री गर्न ब्यापारी पनि चाहँदैन । उपभोक्ताको रोजाइले पनि विषादी प्रयोगलाई प्रोत्साहन गरिरहेको छ । किसान आफैले नै रासायनिक मल र विषादी प्रयोग नगरी उत्पादन नै नहुने ठान्ने गरेकाले अन्धाधुन्ध विषादी प्रयोग गरिरहेको पाइन्छ । वातावरणमा लामो समयसम्म विषादीको अवशेष रहने हुँदा वातावरणीय प्रदूषण बढेको छ भने विषादीको प्रयोगले शत्रुजीवसँगै मित्रजीव पनि मर्ने हँुदा वातावरणीय सन्तुलन बिग्रिरहेको छ । वातावरणअनुकूल बाली संरक्षण प्रविधि र प्राङ्गारिक कृषि आजको आवश्यकता बनिरहेको छ । अन्य मुलुकको तुलनामा अहिले नेपालमा रासायनिक विषादीको प्रयोग कम भए पनि यसको प्रयोगको मात्रा हरेक वर्ष बढिरहेको छ । प्रयोग गर्न सस्तो, छिटो र सजिलो भएको हुनाले बाली संरक्षणमा किसानले रासायनिक पदार्थ नै छनोट गरेपनि प्रयोगले पर्ने असरबाट भने धेरै किसान अनभिज्ञ छन् । रोगनाशक, ढुसीनाशक, कीरानाशक, मुसानाशक र सुलसुलेनाशकजस्ता विभिन्न विषादी बाली संरक्षणको नाममा प्रयोग गरिन्छ । खतरनाक विषादी हाम्रो मानव शरीरमा प्रवेश गरेपछि यसले असर पारेरै छोड्छ । माटोमा भएका प्राङ्गारिक पदार्थ कुहाउने जीवको विनाश हुनाले माटोको उर्वराशक्तिमा ह«ास आएकाले रासायनिक मलको मात्रा पहिलेभन्दा दोब्बर–तेब्बर प्रयोग गर्नुपर्ने बाध्यताबाट किसान पीडित छन् ।रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित थप समाचारहरु

हर्नामाडीमा निःशुल्क वृहत् स्वास्थ्य शिविर सञ्चालन हुने

रातो समाचार संवाददाता

पेट्रोलियम डिलर्स राष्ट्रिय अध्यक्षमा मकवानपुरका इटेनीको उम्मेद्वारी दर्ता

रातो समाचार संवाददाता

युवाशक्ति निर्माणको आधारस्तम्भ : नेपाल स्काउटको सात दशकभन्दा लामो योगदान

तेस्रो बागमती प्रदेश खेलकुद, मकवानपुर सेमीफाइनलमा

रातो समाचार संवाददाता

प्लास्टिकका बोतलको सट्टा फलफूलका बिरुवा, हेटौंडामा वातावरण संरक्षणको नौलो अभियान

उत्कृष्ट पुनरागमन गर्दै हेटौंडा फुटबल एकेडेमी करैयामाई गोल्डकप फुटबल प्रतियोगिताको सेमीफाइनलमा

रातो समाचार संवाददाता

आयोजक करैयामाई विरुद्ध हेटौंडा फुटबल एकेडेमीको दोब्बर अग्रतामा

रातो समाचार संवाददाता

तेस्रो बागमती प्रदेश खेलकुद, महिला फुटबलमा मकवानपुर र भक्तपुरबीचको खेल बराबरीमा रोकिँदै अंक बाँडियो

रातो समाचार संवाददाता

करैयामाइ गोल्डकप फुटबलमा हेटौंडा फुटबल एकेडेमी विरुद्ध पहिलो हाफमा आयोजकको अग्रता

रातो समाचार संवाददाता

हेटौंडा उपमहानगरको छात्रवृत्ति मापदण्डविरुद्ध स्ववियुको आपत्ति

लोकप्रिय



भर्खरै

हर्नामाडीमा निःशुल्क वृहत् स्वास्थ्य शिविर सञ्चालन हुने

रातो समाचार संवाददाता

पेट्रोलियम डिलर्स राष्ट्रिय अध्यक्षमा मकवानपुरका इटेनीको उम्मेद्वारी दर्ता

रातो समाचार संवाददाता

युवाशक्ति निर्माणको आधारस्तम्भ : नेपाल स्काउटको सात दशकभन्दा लामो योगदान

तेस्रो बागमती प्रदेश खेलकुद, मकवानपुर सेमीफाइनलमा

रातो समाचार संवाददाता

प्लास्टिकका बोतलको सट्टा फलफूलका बिरुवा, हेटौंडामा वातावरण संरक्षणको नौलो अभियान

उत्कृष्ट पुनरागमन गर्दै हेटौंडा फुटबल एकेडेमी करैयामाई गोल्डकप फुटबल प्रतियोगिताको सेमीफाइनलमा

रातो समाचार संवाददाता

लालरत्न मिडिया प्रा.लि द्धारा सञ्चालित

Rato Samachar

सम्पर्क

Hetauda-2, Makawanpur, Bagamati Province, Nepal
ratosamachar@gmail.com
+977-9855031145, 9811136795

कम्पनी दर्ता नं.

277788/078/079

सञ्चार रजिस्ट्रारको कार्यालय बागमती प्रदेश, दर्ता नं.:

00091

बागमती प्रदेशको राजधानी हेटौँडाबाट लालरत्न मिडिया प्रा. लि द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका यो हो रातो समाचार डट कम ।
हरेक प्रहर सत्य र निश्पक्ष खबर हरेक नागरिक समक्ष पुर्याउने रातो समाचार डट कमको कदम रहेको छ ।
प्रविधिले फड्को मारेको समयमा प्रविधिको प्रयोग मार्फत हरेक प्रहर सत्य र निश्पक्ष खबर नागरिकहरु समक्ष पुर्याउन र पत्रकारिताको माध्यमबाट सहिलाई सहि गलतलाई गलत भन्न हामी पछि हट्ने छैनौँ ।
हामी कसैको व्यक्तीगत होइनौ सबैको स।झा हौँ । समाचार, कला साहित्य मनोरञ्जन, बिचारका प्रस्तुती र भिडियो समाग्रीहरु पस्कने हाम्रो कर्तव्य हुने छ ।
हामीलाई सदैव तँपाईको साथ र सहयोगको अपेक्षमा छौँ । तँपाईको साथ र सहयोग हामीले पाईरहने छौँ भन्ने विश्वास पनि छ । धन्यवाद।
©2026 www.ratosamachar.com सर्वाधिकार सुरक्षित   Developed By: Sajilo Technology