Rato Samachar
Thu, 3 September, 2026
वि.स.
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • प्रदेश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • राजनीति
  • खेलकुद
  • चलचित्र
  • अन्रर्वार्ता
  • अर्थ-विजनेस
  • भिडियो
  • निर्वाचन
    • स्थानीय निर्वाचन
    • प्रदेश निर्वाचन
    • राष्ट्रिय निर्वाचन
  • अन्य
    • राशिफल
    • पत्रपत्रिका
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • प्रविधि
    • मनोरञ्जन
    • विचार-ब्लग
    • प्रहरी/अपराध
    • समाज
    • घटना
    • साहित्य
    • धर्म-संस्कृति
    • पर्यटन
अन्तर्राष्ट्रिय समाचार समाज

‘युक्रेनलाई विश्व मानचित्रबाट मेट्ने रूसी प्रयास

संयुक्त राष्ट्रसङ्घका लागि अमेरिकी राजदूत लिन्डा थोमस–ग्रीनफिल्डले विश्व मानचित्रबाट रूसले युक्रेनलाई मेट्ने प्रयास गरेको बताएकी छन् । सुरक्षा परिषद्को शुक्रबारको बैठकमा उनले विश्व मानचित्रबाट युक्रेनलाई मेट्न रूसले खोजेकामा अब कुनै शङ्का नरहेको बताइन् ।रूसका पछिल्ला अमानवीय गतिविधिले त्यसतर्फ सङ्केत गरेको उनले बताइन् । रूसले पूर्वी युक्रेनी क्षेत्र डोनेस्क र लुहान्स्क, दक्षिणी खेरसोन र जापोरिज्जियालाई अवैध रूपमा आफ्नो कब्जामा लिएर त्यसको आधार निर्माण गरिरहेको उनले दाबी गरिन् । अमेरिकी राजदूतले रूसका विदेशमन्त्री सर्गेई लाभरोभले पनि रूसको युद्धको लक्ष्य पनि त्यही नै भएको अभिव्यक्ति दिएको बैठकमा स्मरण गराइन् । विदेशमन्त्री लाभरोभले गत आइतवार कायरोमा भएको अरब शिखर सम्मेलनमा युक्रेनमा मस्कोको मुख्य लक्ष्य आफ्ना जनतालाई अस्वीकार्य शासनबाट मुक्त गर्नु हो भनेका थिए । मस्कोको युद्धको उद्देश्य पूर्वमा डोनेस्क र लुहान्स्क सम्मिलित युक्रेनको औद्योगिक डोनबास क्षेत्रभन्दा बाहिर फैलिएको स्पष्ट गर्दै उनले युक्रेनी जनतालाई जनविरोधी वर्तमान शासनबाट मुक्त हुन मद्दत गर्नेछौँ भनेका थिए । रसियाका नायब राजदूत दिमित्री पोल्यान्स्कीले पनि सुरक्षा परिषद्मा युक्रेनलाई पूर्णरूपमा निःशस्त्रीकरण गरिने बताए । डोनबासमा रूस वा युक्रेनबाट जोखिम हुन नहुने भन्दै उनले धेरै वर्षपछि त्यहाँका जनताले पहिलोपटक आफूले चाहेजस्तो जीवन बिताउन पाएका बताए । पोल्यान्स्कीले लामो दूरीमा प्रहार गर्नसक्ने रकेटसहितका हतियार आपूर्ति गर्ने पश्चिमा देशलाई चेतावनी दिँदै रूसी सैन्य कारबाही त्यसलाई परास्त गर्नका निम्ति पनि भएको बताए । युक्रेनी नागरिकले आफूले विश्वास गर्ने देश रोजेका बताउँदै रूसी कूटनीतिज्ञ पोल्यान्स्कीले युक्रेनको राजनीतिक र सैन्य नेतृत्वमा फस्टाएको भ्रष्टाचार त्यसको कारक भएको दाबी गरे । उनले पश्चिम राष्ट्रबाट युक्रेनलाई उपलव्ध गराइएका घातक हतियार युरोपसम्म फैलिने चेतावनी पनि दिए । पश्चिमा देशका हतियारले केवल युक्रेनी जनताको पीडा बढाएको दाबी गर्दै उनले आफ्नो देशले गरेको विशेष सैन्य अभियानका उद्देश्य हासिल हुने भइछाड्ने बताए । साथै उनले आगोमा इन्धन थप्नुको कुनै अर्थ नभएको दोहो¥याए । अमेरिकी राजदूतले रूसको नाम नलिइकन सबै देशहरूलाई कूटनीतिक माध्यमबाट समस्याको निकास खोज्न आह्वान गर्दै रूसी कदमबाट वर्तमान सङ्कट समाधान नहुने बताइन् । उनले विद्यालय र अस्पतालमा बम आक्रमण, सहायताकर्मी र पत्रकारहरूको हत्या, युद्धको त्रासदीबाट बच्न खोज्ने नागरिकहरूलाई लक्षित गर्दै भएका प्रहार, बुचामा आफ्नो दैनिक व्यवसायमा जानेहरूमाथि भएका अत्याचारको फेहरिस्त उनले प्रस्तुत गरिन् । राजधानी किएभ बाहिरको क्षेत्रमा रूसी सेनाले गरेको नरसंहार,जबरजस्ती हिरासतमा राखेर भएका सोधपुछ, हजारौँ युक्रेनीलाई निर्वासनमा जान बाध्य गरिएका, बालबालिकामाथि भएका चरम दुव्र्यवहारबारे पनि अमेरिकी राजदूतले बैठकलाई जानकारी गराइन् । रूसी बोल्ने उनीहरूलाई बलपूर्वक आफ्नो भूमिमा जान बाध्य पारिएको छ । मानवअधिकार हनन, युद्ध अपराध र ज्यादतीका घटना बढेका छन् । युक्रेनीलाई सास्ती दिन रूसी राष्ट्रपतिका अधिकारीहरूले निरीक्षण एवम् समन्वय गरिरहेका उनले सुनाइन् । यसैबीच, युक्रेनी र रूसी अधिकारीहरूका अनुसार करिब २० लाख युक्रेनी शरणार्थीलाई रसिया पठाइएको छ ।रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित थप समाचारहरु

रसुवा बाढी : संकलन वेवारिसे शव जमिनमुनि व्यवस्थापन गरिने – चितवन प्रशासन

शवबाट कानको मुन्द्रा तानेको आरोपमा २ जना पक्राउ

अनेरास्ववियु हेटौंडा नगर कमिटीको अध्यक्षमा रिजन जीसी

रातो समाचार संवाददाता

बागमतीका मुख्यमन्त्री किरण थापाले आइतबार विश्वास लिने

रातो समाचार संवाददाता

हेटौंडाका विशालराज महतलाई आरोही व्यक्ति सम्मान

रातो समाचार संवाददाता

हेटौंडा फुटबल एकेडेमीले फाइनल प्रवेशका लागि लाङ्जिङ ब्वाजसंग भिड्दै

रातो समाचार संवाददाता

८० औं इन्डिपेन्डेन्स फुटबल, हेटौंडाको गोल बाढीमा हाइल्याण्ड वारियर पाखा लाग्यो

अभियन्ता नवल खड्कालाई दुई दिनमै राष्ट्रिय सम्मान

सीतादेवी स्मृति फुटबल प्रतियोगिता, भोलि हेटौंडा फुटबल एकेडेमीले सिक्किम पुलिसको सामना गर्दै

माम्रिङ व्यवाइजको पोष्टमा साविक विजेता हेटौंडा फुटबल एकेडेमीले गर्‍यो गोलको वर्षा

लोकप्रिय



भर्खरै

रसुवा बाढीबाट सकुशल फर्किएका हेटौंडा–१५ का दुई युवालाई स्वागत

भोटेकोशी बाढीपीडितका कांग्रेस बागमतीद्धारा १० लाख ६६ हजार सहयोग

‘पार्वती’ पहिलो कमाई भोटेकोशी बाढी पीडित सरकारी उद्वार कोषमा

रसुवा बाढीपीडित प्रभावित: सहयोग संकलन अभियानमा हेटौंडा उपमहानगरका टोल विकास

रसुवा बाढी : संकलन वेवारिसे शव जमिनमुनि व्यवस्थापन गरिने – चितवन प्रशासन

शवबाट कानको मुन्द्रा तानेको आरोपमा २ जना पक्राउ

लालरत्न मिडिया प्रा.लि द्धारा सञ्चालित

Rato Samachar

सम्पर्क

Hetauda-2, Makawanpur, Bagamati Province, Nepal
ratosamachar@gmail.com
+977-9855031145, 9811136795

कम्पनी दर्ता नं.

277788/078/079

सञ्चार रजिस्ट्रारको कार्यालय बागमती प्रदेश, दर्ता नं.:

00091

बागमती प्रदेशको राजधानी हेटौँडाबाट लालरत्न मिडिया प्रा. लि द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका यो हो रातो समाचार डट कम ।
हरेक प्रहर सत्य र निश्पक्ष खबर हरेक नागरिक समक्ष पुर्याउने रातो समाचार डट कमको कदम रहेको छ ।
प्रविधिले फड्को मारेको समयमा प्रविधिको प्रयोग मार्फत हरेक प्रहर सत्य र निश्पक्ष खबर नागरिकहरु समक्ष पुर्याउन र पत्रकारिताको माध्यमबाट सहिलाई सहि गलतलाई गलत भन्न हामी पछि हट्ने छैनौँ ।
हामी कसैको व्यक्तीगत होइनौ सबैको स।झा हौँ । समाचार, कला साहित्य मनोरञ्जन, बिचारका प्रस्तुती र भिडियो समाग्रीहरु पस्कने हाम्रो कर्तव्य हुने छ ।
हामीलाई सदैव तँपाईको साथ र सहयोगको अपेक्षमा छौँ । तँपाईको साथ र सहयोग हामीले पाईरहने छौँ भन्ने विश्वास पनि छ । धन्यवाद।
©2026 www.ratosamachar.com सर्वाधिकार सुरक्षित   Developed By: Sajilo Technology