करेन्ट चाउचाउको उत्पादक यशोदा फुड्सले फरक स्वादको नयाँ चाउचाउ र चिजबल्स बजारमा सार्वजनिक गरेको छ। कम्पनीले प्रिमियम चाउचाउ अन्तर्गत करेन्ट चिज एन्ड बटर, करेन्ट मसरुम नुडल्स, करेन्ट इन्स्ट्यान्ट नुडल्स (फेमिली प्याक) र करेन्ट चिजचिकेन पिज्जानाम र स्वादको चाउचाउ सार्वजनिक गरेको हो।

सुपर प्रिमियम चाउचाउअन्तर्गत नेपालमै पहिलो पटक करेन्ट चिज एन्ड बटर, करेन्ट मसरुम नुडल्स फेमिली प्याकमा उपलब्ध छ। यसको प्रतिपिस १२० ग्रामको मूल्य एक सय २० रूपैयाँ रहेको उद्योगले जनाएको छ। साथै कम्पनीले फेमिली प्याकमा २० रूपैयाँ पर्ने करेन्ट इन्स्ट्यान्ट नुडल्स र पिज्जाको स्वादमा करेन्ट चिजचिकेन पिज्जासमेत सार्वजनिक गरेको छ। कम्पनीले चिजबल्सअन्तर्गत चिजको स्वादमा ५० पर्ने चिजबल्ससमेत बजारमा ल्याएको छ।

यो समाचार नागरिक न्युजबाट साभार गरिएके हो