बललाई नियन्त्रणमा लिँदै एक खेलाडी ।

हेटौंडा । हेटौंडा–४,स्थित हेटौंडा स्कूल अफ म्यानेजमेन्ट एण्ड सोसिएल साइनसको आयोजनामा जारी बास्केटबल प्रतियोगिताको फाइनल समीकरण पूरा भएको छ । शुक्रबार सेमीफाइनल चरणको अन्तिम दुई खेलहरु सम्पन्न भएसँगै फाइनल समीकरण पूरा भएको हो । आइतबार हुने फाइनल खेलमा उपाधिका लागि होटल म्यानेजमेन्ट र कक्षा १२ वाणिज्य संकायको र बीआइएमको टिमबीच प्रतिस्पर्धा हुनेछ ।

शुक्रबार भएको पहिलो सेमीफाइनल खेलमा होटल म्यानेजमेन्ट र कक्षा १२ वाणिज्य संकायको टिमले बिसिएको टिमलाई ५७–४३ ले पराजित गर्दै होटल म्यानेजमेन्ट फाइनल प्रवेश गरेको थियो भने शुक्रबार भएकै दोस्रो सेमीफाइनल खेलमा बिआईएमको टिमले विज्ञान र कक्षा ११ वाणिज्य संकायको टिमलाई ६१–४९ ले पराजित गर्दै फाइनलमा प्रवेश गरेको थियो । प्रतियोगिताका उपाधि विजेता टिमले ७ हजार रुपैयाँ नगदसहित शिल्ड प्राप्त गर्नेछ भने उपविजेता टिमले नगद ५ हजार रुपैयाँसहित शिल्ड प्राप्त गर्नेछन् ।

रातो समाचार संवाददाता
थप जानकारी