मोबाइल चोरी गर्ने पाँचजनालाई प्रहरीले सोमबार पक्राउ गरेको छ। वैशाख ११ गते राति बारबर्दिया नगरपालिका–६ जयनगर बजार स्थित कमलचौधरीले सञ्चालन गरेको मनकामना ईलेक्ट्रोनिक्स एण्ड मोबाइल सेन्टरमा मोबाइल लगायत अन्य सामान चोरी भएको थियो।
चोरी भएको जानकारी पाउनसाथ प्रहरीले चोरी गर्ने व्यक्तिहरुको खोज तलास गर्न सुरु गरेको थियो। चोरी भएको नौ दिनमा पाँच जनालाई प्रहरीले पक्राउ गर्न सफल भएको छ। पक्राउ परेका पाँच जनाले मोबाइल सेन्टरबाट विभिन्न कम्पनिका ७ थान मोबाइल, सोही मोबाइलका चार्जर र एयरफोन गरीमुल्य १ लाख ८४ हजार ४ सय रुपैयाँ बराबरको विद्युतिय सामान चोरी गरेको खुलेको छ।
प्रहरीले खोजतलास गर्ने क्रममा पाँच जनालाई नियन्त्रणमा लिई चोरी मुद्दामा अदालतबाट म्यादथप गरी अनुसन्धान गरिरहेको जिल्लाप्रहरी कार्यालय बर्दियाका डिएसपी प्रकाश सापकोटाले जानकारी दिए।
यो समाचार नागरिक न्युजबाट साभार गरिएको हो


















प्रतिक्रिया दिनुहोस्