हेटौंडा । मातृभूमि साहित्य समाज मकवानपुरले ७ जना स्रष्टालाई सम्मान गर्ने भएको छ । मातृभूमि साहित्य समाजको साहित्यीक महोत्वस कार्यक्रममा अन्य विविध कार्यक्रमको आयोजना गर्दै छुट्टा छुट्टै विधामा सम्मान सम्पर्ण गर्न लागेको हो । बिहीबार हेटौंडामा पत्रकार सम्मेलनको आयोजना गर्दै आयोजकले हेटौंडा उपमहानगरपालिकाको सहयोगमा यही जेठ १५ र १६ गते हुने कार्यक्रममा सम्मान सम्पर्ण गर्न लागेको जानकारी गराइएको छ ।
कार्यक्रममा मायादेवी मातृभूमि पुरस्कार २०८० बाट २१ हजार रुपैयाँको नगद सहित काठमाडौंकी साहित्यकार गीता रेग्मीलार्ई, राजकुमार स्मृति मातृभूमि सम्मानबाट १५ हजार रुपैयाँको नगदको सहित धरानका चन्द्र गुरुङलाई, क्षेत्र बहादुर स्मृृति सम्मानबाट रौतहटका साहित्यकार माधव काफ्लेलाई १५ हजार रुपैयाँको नगद सहित सम्मान गर्न लागेको बताइएको छ । बालदेवी मातृभूमि छन्द साहित्य सम्मानबाट सुदेश सत्याल, मञ्जुदेवी मातृभूमि सम्मानबाट रजनी ज्ञावलीलाई सम्मान गर्न लागिएको हो । उक्त सम्मानको पुरस्कार राशिको रकम १५ हजार रुपैयाँको रहेको छ । मातृभूमि पत्रकारिता पुरस्कार दीर्घ सेवाबाट प्रताव विष्ट र झलक बहादुर बानियाँ स्मृति जीवन संघर्ष पोत्साहनवृत्ति पुरस्कारबाट ७ हजार ५ सय रुपैयाँको नगद सहित कमला आधारभूत विद्यालयका उत्कृष्ट छात्रालाई सम्मान गर्न लागेको बताइएको छ । सम्मानपछि सम्मानित स्रष्टाको रचना वाचन, परिचयात्मक कार्यक्रम र काव्यशत्र लगायतको कार्यक्रम हुने बताइएको छ ।


















प्रतिक्रिया दिनुहोस्