नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली जनतामा फेरि माओवादीप्रति भरोसा बढेको बताएका छन्। बिहीबार नेपालगन्जमा आयोजित पार्टीको राजनीतिक प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले मुलुक संकटमा परेका बेला माओवादीको अगुवाई गरेकोले जनतामा फेरि भरोसा बढेको बताए।
विगतमा केही कमी कमजोरी भएको स्वीकार्दै प्रचण्डले अब पार्टीले कुनै कमजोरी नगर्ने प्रतिबद्धता पनि व्यक्त गरे। प्रचण्डले लुम्बिनी प्रदेशमा सम्पूर्ण शक्तिका साथ पार्टीलाई पहिलेभन्दा सफलता दिलाउनतर्फ लाग्न आह्वानसमेत गरेका छन्। उनले तराई मधेसमा माओवादीको लहर देखिएको दाबीसमेत गरे। अहिले गठबन्धनलाई मजबुत गराएर अगाडि बढाउने उनको भनाइ छ। ‘यतिबेला गठबन्धन भत्काउन केही शक्ति लागेका छन्,’ उनले भने, ‘जति शक्ति लगाए पनि यो गठबन्धन टुट्दैन।’
पूर्व प्रधानमन्त्रीसमेत रहेको प्रचण्डले नेपालगन्जका दिवंगत माओवादी नेता दामोदर आचार्यलाई पार्टीको मरणोपरान्त केन्द्रीय सदस्यमा मनोनयन गर्न प्रस्ताव गर्ने आश्वासन दिएका छन्। आचार्यप्रति श्रद्धाञ्जली दिन नेपालगन्जमा आयोजित श्रद्धाञ्जलीसभालाई सम्बोधन गर्दै प्रचण्डले आचार्यको योगदानको कदरस्वरुप मरणोपरान्त केन्द्रीय सदस्य मनोनित गर्ने बताए।यो समाचार नागरिक न्युजबाट साभार गरिएके हो






















प्रतिक्रिया दिनुहोस्