मकवानपुरमा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मतगणना सुरु भएको छ ।
हेटौंडा २ स्थित सिद्धार्थ माध्यामिक विद्यालयमा मतगणना सुरु भएको हो भने मकवानपुरको हेटौंडा, मनहरी, कैलाश, भीमफेदी लगायत मतदान केन्द्रका पाँच वटा मटपेटिको एकसाथ सील खोलेर मतगणना सुरु गरिएको छ ।
यस्तै मकवानपुर निर्वाचन क्षेत्र नम्बर २ प्रतिनिधि सभाको पनि मतगणना सुरु गरिएको छ ।
बिहान सर्वदलिय बैठक बसेर बिहान ११ बजे मतगणना गर्ने निर्णय गरिएको थियो ।
मकवानपुर जिल्लाबाट ३ लाख ७ सय ३३ जना मतदाता रहेका थिए । जिल्लामा दुईवटा प्रतिनिधिसभा निर्वाचन र चारवटा प्रदेशसभा निर्वाचन क्षेत्र रहेका छन् । मतदाता मध्यमा जिल्लामा ६० प्रतिसत प्रतिशत मत खसेको थियो ।



















प्रतिक्रिया दिनुहोस्