बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठले मकवानपुरको भिमफेदी कारागारमा रहेको समस्या समाधान गर्न पहल गरिने बताएका छन् ।
मंगलबार कारागार अनुगमनका क्रममा प्रशासनले दिएको जानकारी अनुसार कारागार भित्र रहेका समस्या समाधान गर्न प्रदेश सरकार मन्त्रालय मार्फत गर्नुपर्ने सहयोगका साथै आफ्नो पनि पहल रहने बताएका हुन् ।
उनले प्रतिवद्धता व्यक्त गर्दै कारागार घरजस्तै बाताबरण हुनुपर्ने र ‘कारागारमा सजाय भोगेपछि मुक्त हुदा समाजमा सम्मानजनक पुर्नस्थापित हुन सक्ने गरि ज्ञान सिक्ने थलोकोका रुपमा विकास गरि आर्थिक उपर्जन गर्नसक्ने बतावारण बनाइनुपर्ने बताएका हुन् ।
आयआर्जनमा लाग्न उत्प्रेरीत गर्नेगरि सीपमूलक तालिम दिनुका साथै उनीहरुले उत्पादन गरेका वस्तुको बजारीकरणको जिम्मा प्रदेश सरकारले लिने प्रतिवद्धता व्यक्त गरेका छन् ।
कारागारमा रहेका एक हजार भन्दा बढी कैदिबन्दिहरुका लागी वातावरणीय समस्या समाधानमा जोड दिइने मन्त्री श्रेष्ठले बताए ।
त्यसका लागी सौचालयको मलमुत्र व्यवस्थापनका लागी बैकल्पिक उर्जा बायो ग्याँस प्लान्ट स्थापनाको लागी प्रदेश सरकारको आर्थिक सहयोगमा दिर्घकालिन समाधान गरिने समेत बताए ।
साथै कारागारमा रहेका बन्दिहरुलाई ओसारपसार गर्न समस्या रहेकाले सवारी साधन, आवश्यक पर्ने इन्धन र मर्मत खर्चका लागि पहल गर्ने र हाल पाउदै आएको स्वास्थ्य उपचारको कोषलाई बढाउन पहल पनि गर्न तयार रहेको बताएका हुन् ।
कारागार सुरक्षार्थ खटिएका करिब ६० जना सुरक्षाकर्मीहरुको लागि आवासको उचित व्यवस्थापनको लागी समेत प्रदेश सरकारले आगामी आर्थिक बर्षमा बजेट बिनियोजन गर्ने बताए ।
कारागारका निमित्त प्रमुख मदन लामा थिङलेमन्त्री श्रेष्ठलाई कारागारको वस्तुस्थितिको बारेमा जानकारी गराए अनुसार भिमफेदी कारागारमा १ हजार १ सय ५० जनाको क्षमता रहेको र ९ सय ८० पुरुष, २० महिला र १ आश्रीत गरि कुल १ हजार १ जना कैदीबन्दी र एकजना र आश्रित नावलक रहेका छन् ।
जसमध्ये ६२ जना बिदेशी नागरिक रहेका छन ।
























प्रतिक्रिया दिनुहोस्