म्यान अफ द म्याच शिवशक्ति महतोलाई पुरस्कार प्रदान गरिँदै ।

हेटौंडा । बागमती प्रदेश क्रिकेट संघले आयोजना गरेको बागमती प्रदेशस्तरीय यु–१६ क्रिकेट प्रतियोगिता अन्तर्गत मकवानपुरको टिम विजयी भएको छ । सोमबार काठमाडौं महानगरपालिकाको मथिल्लो मूलपानी क्रिकेट मैदानमा भएको समूह चरणको चौंथो खेलमा पनि मकवानपुरले शान्तादर जीत दर्ता गरेको हो । टस जितेर पहिले व्याटिङ् गरेको मकवानपुरले निर्धारित ३५ ओभरमा ५ विकेट गुमाउँदै नुवाकोटलाई १ सय ९६ रनको लक्ष्य दिएको थियो । मकवानपुरका लागि शिवशक्ति महतोले चौंथो खेलमा पनि उत्कृष्ट प्रदर्शनी गरेका थिए । उनले १ सय १६ बलमा १ सय १ रन बनाउँदै शतक प्रहार गरेका थिए । यस्तै आशिक अधिकारीले ७१ ब्लमा ६४ रन बनाउँदै अर्धशतक बनाएका थिए । नुवाकोटको तर्फबाट इसान पालीले ३६ बलमा ३ रन, शेख अजर आलमले ३२ बलमा र सुशील साउदले ३५ बलमा समान एक÷एक विकेट लिएका थिए ।

जवाफी व्याटिङ गरेको नुवाकोटबाट निर्धारित ३५ ओभरमा ७ विकेट गुमाउँदैद १ सय ३५ रनमै सीमित बन्नुप¥यो । नुवाकोटबाट अभि थपलियाले ५७ बलमा ५३ रन बनाउँदै अर्ध शत गरेका थिए । यस्तै आशिष गुप्ताले ६८ बलमा ४६ रन र ३९ बलमा २३ रनको योग्दान दिएका थिए । मकवानपुरका लागि शिवशक्ति महतोले २२ बलमा र रोहित ठाकुरले २६ बलमा समान ३÷३ विकेट लिएका थिए । यस्तै मनिष शर्माले ४३ बलमा १ विकेट लिएका थिए । खेलको म्यान अफ द म्याच मकवानपुरका शिवशक्ति महतो घोषित भएका छन् । समूह चरणको ४ खेल मध्ये ४ खेलमै जीत निकालेको मकवानपुरले पहिलो खेलमा काठमाडौंलाई, दोस्रो खेलमा भक्तपूरलाई, तेस्रो खेलमा ललितपूरलाई र आजको चौंथो खेलमा नुवाकोटलाई पराजित गरेको हो । भोलि मंगलबार हुने अन्तिम खेलमा मकवानपुरले चितवनको सामना गर्नुपर्नेछ ।

समूह चरणको खेलहरुमा अपराजित रहँदै आइरहेको मकवानपुर ८ अङ्कसहित तालिकाको शीर्ष स्थानमा रहेको छ भने नेट रनरेटको आधारमा १ दशमलव २२२ अङ्क जोडेको छ । समूह चरणको ५ खेलमा २ जीत २ हार व्यर्होरेको नुवाकोटा ५ अङ्कसहित तालिकाको दोस्रो स्थानमा रहेको छ । काठमाडौं ५ अंकसहित तालिकाको तेस्रो स्थानमा र ललितपूरपनि समान ५ अङ्क सहित चौंथो स्थानमा रहँदा भक्तपूर ३ अङक सहित ५ औं स्थानमा रहेको छ । समूह चरणको ४ खेल खेलको चितवन ४ खेलमै हार व्यर्होदै अंक वीहिन हुँदै तालिकाको पुच्छारमा रहेको छ ।