Rato Samachar
Sun, 6 September, 2026
वि.स.
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • प्रदेश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • राजनीति
  • खेलकुद
  • चलचित्र
  • अन्रर्वार्ता
  • अर्थ-विजनेस
  • भिडियो
  • निर्वाचन
    • स्थानीय निर्वाचन
    • प्रदेश निर्वाचन
    • राष्ट्रिय निर्वाचन
  • अन्य
    • राशिफल
    • पत्रपत्रिका
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • प्रविधि
    • मनोरञ्जन
    • विचार-ब्लग
    • प्रहरी/अपराध
    • समाज
    • घटना
    • साहित्य
    • धर्म-संस्कृति
    • पर्यटन
समाचार समाज

बर्खामा झस्काइ रहन्छ भुजीखोलाले

 गए राति ढोरपाटन नगरपालिका–५ साहुथोकमा खसेको पहिराले भुजीखोला थुनिएपछि स्थानीयमा एकाएक त्रास छायो । भुजी किनारका बासिन्दा दुई वर्षअघिको त्रासदीपूर्ण घटना सम्झेर झस्किए । कुनै विपद् आइनलागोस् भने कामना गरिरहे । भाग्यवश थुनिएको आधा घण्टापछि खोला पुरानै धारतिर सोझियो । कुनैखाले क्षति निम्तिएन । खोला थुनिँदा बनेको ताल एक्कासि फुटेर बाढीको रुप लिने खतरा ट¥यो । खोला बग्न लागेको थाहा पाएपछि गाउँलेले शान्तिको सास फेरे । भुजीखोला त्यही खोला हो जसले २०७७ भदौ १७ गते मध्यरातमा बितण्डा मच्चाएको थियो । बाइस जनाको मृत्यु र १५ जना बेपत्ता हुने गरी भएको बाढीको घटनालाई स्थानीयले ‘कालो दिन’का रुपमा सम्झन्छन् । सालिन्दा बर्खा याम आउँदा त्यही अप्रिय घटना बल्झेर आउँछ । ढोरपाटन–९ लाकुँरीबोटका भीमबहादुर सुनारले अहिले पनि ठूलो वर्षा हुँदा घर छाडेर विद्यालयमा आश्रय लिने गरेको बताउनुभयो । “अहिले पनि बेलाबेला खोलाले त्रसाउँछ, घरछेउमै भल आउँछ”, उहाँले भन्नुभयो, “सुरक्षित बसोबासका लागि कसैले पनि पहल गरेनन्, हामी अझै पीडामा छौँ ।” दुई वर्षअघिको बाढीले सुनारको पसलसहित घर बगाएको थियो । अहिले लाकुँरीबोटमै अस्थायी टहरा बनाएर बसेको उहाँले सुनाउनुभयो । खोलाछेउ जोखिम भए पनि जीविकाका लागि बस्नुपरेको उहाँको भनाइ छ । “अन्त कहाँ जाने जग्गा, सम्पत्ति केही छैन, यहीँ छाप्रो हालेर सानो पसल गरेको छु”, सुनारले भन्नुभयो । उक्त बाढीको घटनामा प्रियजन गुमाउनेको पीडा त झन् गहिरो छ । थातथलो, जायजेथा बाढीमा बगेर कतिको त उठिबास नै भएको थियो । ढोरपाटन–५ का अध्यक्ष दीपेन्द्र पुनमगरले गएराति भुजीखोला थुनिँदा आफूहरु घटनास्थलमै रहेको बताउनुभयो । “साहुथोक भन्नेमा पहिरो जाँदा खोला थुनिएको हो, आधा घण्टामै खोला बग्न सुरु ग¥यो”, उहाँले भन्नुभयो, “तटीय क्षेत्रका बासिन्दा दुई वर्षअघिको घटना सम्झेर त्रसित बनेका थिए, धन्न कुनै क्षति हुन पाएन ।” उहाँले बाढीपहिराको रोकथाम र खोला नियन्त्रणमा कसैले चासो नदिएकाले कुनै पनि बेला विपद् निम्तन सक्ने बताउनुभयो । ठाडो खोला र कमसल भू–बनोटका कारण खोला किनार छेउछाउका बस्तीमा बाढीपहिराको जोखिम छ । उहाँले खोला नियन्त्रण र बस्ती विकासको दीर्घकालीन योजना ल्याउनुपर्ने धारणा राख्नुभयो । स्थानीय शिक्षक जुनकुमार विकले बर्सातका बेला भुजीखोला आसपासका बासिन्दा भयमा बाँच्नुपर्ने अवस्था रहेको बताउनुभयो । “पानी पर्दा ढुक्कले निदाउन सकिन्न, कहाँ के हुने हो भन्ने त्रास भइरहन्छ”, उहाँले भन्नुभयो, “यहाँ बाढी प्रभावितलाई पनि आश्वासन मात्र देखाउने काम भयो, उनीहरुको पुनःस्थापनामा राज्यका निकायले पनि बेवास्ता गरे ।” त्यसबेला बाढी प्रभावित ठाउँमै पुगेर स्थानीयदेखि सङ्घ सरकारसम्मका पदाधिकारीले पीडितको घर पुनःनिर्माण गरिदिने बताएका थिए । सङ्घ र प्रदेश सरकारबाट बाढीपीडितको पुनःस्थापनाका लागि कुनै सहयोग नआएको स्थानीयको गुनासो छ । देश विदेशबाट ढोरपाटन नगरपालिकाको राहत कोषमा जम्मा भएको पैसाबाट भने राहत सामग्री वितरण गरिएको थियो । राहत मात्र दिएर नहुने भन्दै बाढीपीडितको दीर्घकालीन व्यवस्थापन गर्नुपर्ने आवाज उठ्ने गरेको छ । विसं २०७७ असोजमा बाढीग्रस्त क्षेत्रको स्थलगत अवलोकनपछि गण्डकी प्रदेशका तत्कालीन आर्थिक मामिलामन्त्री किरण गुरुङ र भौतिक पूर्वाधार विकासमन्त्री रामशरण बस्नेतले भौतिक पूर्वाधार विकासको एकाइ कार्यालय नै राखेर पुनःनिर्माणको काम थाल्ने भनी जनाएको प्रतिबद्धता पनि लागू हुन सकेन । बाढीले क्षति पु¥याएका सडक, विद्यालय, पुल, लघुजलविद्युत् आयोजना, सामुदायिक स्वास्थ्य एकाइलगायतका भौतिक संरचना पुनःनिर्माणका लागि नगरपालिकाको केन्द्र बुर्तिबाङमा त्यस्तो कार्यालय स्थापना गर्ने जनाइएको थियो । दुई वर्ष बित्न लाग्दासमेत न कार्यालय नै राखियो, न त पुनःनिर्माणको काम नै अघि बढ्यो । भुजीखोलाको बाढीपछि जिल्लालाई विपद्ग्रस्त क्षेत्र घोषणा गरी पुनःनिर्माणको काम थाल्ने सरकारी घोषणा पनि अलपत्र परेको छ । बाढी प्रभावित भने अझै पनि तीनै तहका सरकारका तर्फबाट आएको पुनःस्थापनाको प्रतिबद्धता पूरा हुनेमा आशावादी छन् । बाढीले सबैभन्दा बढी वडा नं ९ मा क्षति पु¥याएको थियो । त्यहाँका मात्र एक सय तीन घरमा पूर्ण र ५१ घरमा आंशिक क्षति पुगेको थियो । यस्तै वडा नं ८ का ८ घर पूर्ण र ९ घरमा आंशिक क्षति पुगेको थियो । बाढीबाट वडा नं. ७, ६ र ५ सम्मै प्रभावित भएको थियो । लाँकुरीबोट, दुनेपधेँरा, भुसुण्डे, सुप्राङ, घट्टेचौर, चेप्टाजुर, दुवाल, फल्लेघरलगायतका बस्तीमा सबैभन्दा बढी क्षति पुगेको थियो ।रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित थप समाचारहरु

मकवानपुरको बकैयामा फेरिपनि भेटियो किङ्ग कोब्रा सर्प

रसुवा बाढी : संकलन वेवारिसे शव जमिनमुनि व्यवस्थापन गरिने – चितवन प्रशासन

शवबाट कानको मुन्द्रा तानेको आरोपमा २ जना पक्राउ

अनेरास्ववियु हेटौंडा नगर कमिटीको अध्यक्षमा रिजन जीसी

रातो समाचार संवाददाता

बागमतीका मुख्यमन्त्री किरण थापाले आइतबार विश्वास लिने

रातो समाचार संवाददाता

हेटौंडाका विशालराज महतलाई आरोही व्यक्ति सम्मान

रातो समाचार संवाददाता

हेटौंडा फुटबल एकेडेमीले फाइनल प्रवेशका लागि लाङ्जिङ ब्वाजसंग भिड्दै

रातो समाचार संवाददाता

८० औं इन्डिपेन्डेन्स फुटबल, हेटौंडाको गोल बाढीमा हाइल्याण्ड वारियर पाखा लाग्यो

अभियन्ता नवल खड्कालाई दुई दिनमै राष्ट्रिय सम्मान

सीतादेवी स्मृति फुटबल प्रतियोगिता, भोलि हेटौंडा फुटबल एकेडेमीले सिक्किम पुलिसको सामना गर्दै

लोकप्रिय



भर्खरै

मकवानपुरको बकैयामा फेरिपनि भेटियो किङ्ग कोब्रा सर्प

रसुवा बाढीबाट सकुशल फर्किएका हेटौंडा–१५ का दुई युवालाई स्वागत

भोटेकोशी बाढीपीडितका कांग्रेस बागमतीद्धारा १० लाख ६६ हजार सहयोग

‘पार्वती’ पहिलो कमाई भोटेकोशी बाढी पीडित सरकारी उद्वार कोषमा

रसुवा बाढीपीडित प्रभावित: सहयोग संकलन अभियानमा हेटौंडा उपमहानगरका टोल विकास

रसुवा बाढी : संकलन वेवारिसे शव जमिनमुनि व्यवस्थापन गरिने – चितवन प्रशासन

लालरत्न मिडिया प्रा.लि द्धारा सञ्चालित

Rato Samachar

सम्पर्क

Hetauda-2, Makawanpur, Bagamati Province, Nepal
ratosamachar@gmail.com
+977-9855031145, 9811136795

कम्पनी दर्ता नं.

277788/078/079

सञ्चार रजिस्ट्रारको कार्यालय बागमती प्रदेश, दर्ता नं.:

00091

बागमती प्रदेशको राजधानी हेटौँडाबाट लालरत्न मिडिया प्रा. लि द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका यो हो रातो समाचार डट कम ।
हरेक प्रहर सत्य र निश्पक्ष खबर हरेक नागरिक समक्ष पुर्याउने रातो समाचार डट कमको कदम रहेको छ ।
प्रविधिले फड्को मारेको समयमा प्रविधिको प्रयोग मार्फत हरेक प्रहर सत्य र निश्पक्ष खबर नागरिकहरु समक्ष पुर्याउन र पत्रकारिताको माध्यमबाट सहिलाई सहि गलतलाई गलत भन्न हामी पछि हट्ने छैनौँ ।
हामी कसैको व्यक्तीगत होइनौ सबैको स।झा हौँ । समाचार, कला साहित्य मनोरञ्जन, बिचारका प्रस्तुती र भिडियो समाग्रीहरु पस्कने हाम्रो कर्तव्य हुने छ ।
हामीलाई सदैव तँपाईको साथ र सहयोगको अपेक्षमा छौँ । तँपाईको साथ र सहयोग हामीले पाईरहने छौँ भन्ने विश्वास पनि छ । धन्यवाद।
©2026 www.ratosamachar.com सर्वाधिकार सुरक्षित   Developed By: Sajilo Technology