देशैभरका ७ सय ५३ पालिकामध्ये ७ सय ५२ पालिकाको निर्वाचन सम्पन्न भई कतिपय पालिकामा कार्यसमितिसमेत गठन भइसकेको छ। तर, बाजुराको बुढीगंगा नगरपालिकामा भने पुनः निर्वाचन हुने वा मतगणना हुने भन्नेमा अझै अन्योल कायमै छ।

यति बेला बुढीगंगाको निर्वाचन अन्योलतलाई लिएर सामाजिक सञ्जालमा विभिन्न कोण प्रतिकोणबाट तीखो रूपले टीका-टिप्पणी पनि भइरहेका छन्। उक्त पालिकाको निर्वाचनमा जहिले पनि धाँधली हुने गरेको स्थानीय बासिन्दाको आरोप छ। ‘फर्जीमत नै बाजुराको मूल समस्या हो, विगत १५ वर्षयता निरन्तर जिल्ला निर्वाचन कार्यालय बाजुराको नेतृत्वमा रहेर निर्वाचन कार्य सम्पन्न गराएका निवृत्त प्राप्त तत्कालीन कार्यालय प्रमुख मानबहादुर थापा भन्छन्- मतदाता सर्वेक्षण गर्ने हो भने ४८ देखि ५० प्रतिशत मतदाता मात्र गाउँमा छन्।

विगतको मतदाता नामावलीमा ४ देखि ५ प्रतिश मतदाताको मृत्युदर देखिन्छ। ‘बुढीगंगामा हालको मतदाता सङ्ख्या हेर्दा ५४ प्रतिशतभन्दा बढी मतदाता गाउँमा छैनन्। मानिस गाउँमै छैनन् अनि कसरी ८० देखि १९ प्रतिशत मत खस्छ ? आजकोनेपाल समाचारपत्र दैनिकमा समाचार छ ।