रोल्पामा पहिरोमा पुरिएर एकै घरका दाजुभाइको मृत्यु भएको छ।
आइतबार बिहान ९ बजेतिर परिवर्तन गाउँपालिका ५ दाउन्ने भिरस्थित भित्री रोड कटिङ् गर्ने क्रममा रोकेर राखेको डोजर नजिकै २ जना बच्चाहरु खेलिरहेको अवस्था माथिबाट माटोको ढिस्को खस्न गई उनीहरूकाे मृत्यु भएकाे हाे।
मृत्यु हुनेहरूमा स्थानीय प्रकाश खड्काका छोराहरु ७ वर्षीय डेविड खड्का र २ वर्षीय ईशान खड्का छन्।
रोल्पाका प्रहरी प्रमुख बिनोद घिमिरेले घटनाको अनुसन्धान भइरहेको बताएका छन्। मुचुल्का लगायतका कानुनी प्रकृया पूरा गरेर पोष्टमार्टमका लागि मृतकको शव रोल्पा अस्पताल ल्याउने तयारी भइरहेको छ।
एकै घरका दाजुभाइको मृत्यु भएपछि गाउँ यतिबेला शोकमा डुबेको छ।
यो नागरिक न्युजबाट साभार गरिएको हो ।


















प्रतिक्रिया दिनुहोस्