Rato Samachar
Fri, 26 June, 2026
वि.स.
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • प्रदेश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • राजनीति
  • खेलकुद
  • चलचित्र
  • अन्रर्वार्ता
  • अर्थ-विजनेस
  • भिडियो
  • निर्वाचन
    • स्थानीय निर्वाचन
    • प्रदेश निर्वाचन
    • राष्ट्रिय निर्वाचन
  • अन्य
    • राशिफल
    • पत्रपत्रिका
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • प्रविधि
    • मनोरञ्जन
    • विचार-ब्लग
    • प्रहरी/अपराध
    • समाज
    • घटना
    • साहित्य
    • धर्म-संस्कृति
    • पर्यटन
अन्तर्राष्ट्रिय समाचार

नेप्से परिसूचकको ओरालो यात्रा कायमै

धितोपत्र बजारमा शेयर कारोबारमापक नेप्से परिसूचक झण्डै छ अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबारमापक नेप्से परिसूचक ५ दशमलब ९१ अङ्कले ओरालो लागेर दुई हजार ५६ दशमलब ८८ अङ्कमा ओर्लिएको छ । यस्तै, ठूला कम्पनीको शेयर कारोबारमापन गर्ने सेन्सेटिभ परिसूचक एक दशमलब ६८ अङ्कले घटेर तीन सय ९५ दशमलब ७५ मा सीमित भएको छ । नेप्से परिसूचकको ओरालो यात्रासँगै कारोबार रकमसमेत सस्तोमा समेटिएको छ । कूल दुई सय १८ कम्पनीको ४६ लाख ४० हजार आठ सय ४४ कित्ता शेयर रु एक अर्ब ९३ करोड ५५ लाख २० हजार एक सय ४७ मूल्यमा खरिद बिक्री भए । नेप्सेका अनुसार कारोबार भएका १३ उपसमूहमध्ये आज दुई उपसमूहको शेयर मूल्य उकालो लागेको छ भने ११ उपसमूहको शेयर मूल्य ओरालो लागेको छ । बैंकिङ पाँच दशमलब ३१, व्यापार ३१ दशमलब ८७, होटल तथा पर्यटन ११ दशमलब ६३, विकास बैंक सात दशमलब ६१, जलविद्युत् १२ दशमलब ३५, वित्त १६ दशमलब १५, निर्जीवन बीमा ७५ दशमलब ८२, अन्य चार दशमलब ६६, लघुवित्त १५ दशमलब ५१, जीवन बीमा नौ दशमलब ७३ र सामूहिक लगानी कोष शून्य दशमलब एक अङ्कले ओरालो लागेको छ । त्यस्तै उत्पादन २७ दशमलब एक र लगानी शून्य दशमलब ४७ अङ्कले उकालो लागेको छ । आजको कारोबारपछि बजार पुँजीकरण रु २९ खर्ब ३६ अर्ब ७८ करोड २४ लाख २८ हजार ४५३ बराबर रहको छ । कारोबारका आधारमा नागरिक लगानी कोष शीर्ष स्थानमा छ । सो कोषको रु १० करोड ६८ लाख ७९ हजार चार सय ६७ बराबरको कारोबार भयो । त्यस्तै, शिवम् सिमेन्ट रु ६ करोड ८८ लाख ४८ हजार एक सय दुई, हिमालयन डिस्टिलरी रु ६ करोड ७१ लाख ३७ हजार एक सय ६५, नबिल बैंक रु ६ करोड ४६ लाख ८९ हजार चार सय २० र नेपाल दूरसञ्चार कम्पनी रु चार करोड ६८ लाख ६१ हजार दुई सय २६ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भए । नेप्सेका अनुसार हिमालयन हाइड्रोपावर नौ दशमलब ९७, युनिलिभर नेपाल चार दशमलब ३०, सिटिजन म्युचुअल फण्ड चार, विन नेपाल लघुवित्त तीन दशमलब ५२ र उपकार लघुवित्तका लगानीकर्ताले दुई दशमलब ८२ अङ्कले कमाएका छन् । त्यस्तै हिमालयन एभरेष्ट इन्स्योरेन्स नौ दशमलब ९९, हिमालयन पावर पार्टनर तीन दशमलब ७२, गुडबिल फाइनान्स तीन दशमलब ४५, सिद्धार्थ इक्विटी फण्ड तीन दशमलब ३१ र लक्ष्मी लघुवित्तका लगानीकर्ताले तीन दशमलब २६ प्रतिशतले गुमाएका छन् ।रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित थप समाचारहरु

किङ कोब्रा उद्धारका क्रममा टोकाइपछि मृत्यु नजिक पुगेर फर्किएका राजेश “गरिब”

हर्नामाडीमा निःशुल्क वृहत् स्वास्थ्य शिविर सञ्चालन हुने

रातो समाचार संवाददाता

पेट्रोलियम डिलर्स राष्ट्रिय अध्यक्षमा मकवानपुरका इटेनीको उम्मेद्वारी दर्ता

रातो समाचार संवाददाता

युवाशक्ति निर्माणको आधारस्तम्भ : नेपाल स्काउटको सात दशकभन्दा लामो योगदान

तेस्रो बागमती प्रदेश खेलकुद, मकवानपुर सेमीफाइनलमा

रातो समाचार संवाददाता

प्लास्टिकका बोतलको सट्टा फलफूलका बिरुवा, हेटौंडामा वातावरण संरक्षणको नौलो अभियान

उत्कृष्ट पुनरागमन गर्दै हेटौंडा फुटबल एकेडेमी करैयामाई गोल्डकप फुटबल प्रतियोगिताको सेमीफाइनलमा

रातो समाचार संवाददाता

आयोजक करैयामाई विरुद्ध हेटौंडा फुटबल एकेडेमीको दोब्बर अग्रतामा

रातो समाचार संवाददाता

तेस्रो बागमती प्रदेश खेलकुद, महिला फुटबलमा मकवानपुर र भक्तपुरबीचको खेल बराबरीमा रोकिँदै अंक बाँडियो

रातो समाचार संवाददाता

करैयामाइ गोल्डकप फुटबलमा हेटौंडा फुटबल एकेडेमी विरुद्ध पहिलो हाफमा आयोजकको अग्रता

रातो समाचार संवाददाता

लोकप्रिय



भर्खरै

किङ कोब्रा उद्धारका क्रममा टोकाइपछि मृत्यु नजिक पुगेर फर्किएका राजेश “गरिब”

हर्नामाडीमा निःशुल्क वृहत् स्वास्थ्य शिविर सञ्चालन हुने

रातो समाचार संवाददाता

पेट्रोलियम डिलर्स राष्ट्रिय अध्यक्षमा मकवानपुरका इटेनीको उम्मेद्वारी दर्ता

रातो समाचार संवाददाता

युवाशक्ति निर्माणको आधारस्तम्भ : नेपाल स्काउटको सात दशकभन्दा लामो योगदान

तेस्रो बागमती प्रदेश खेलकुद, मकवानपुर सेमीफाइनलमा

रातो समाचार संवाददाता

प्लास्टिकका बोतलको सट्टा फलफूलका बिरुवा, हेटौंडामा वातावरण संरक्षणको नौलो अभियान

लालरत्न मिडिया प्रा.लि द्धारा सञ्चालित

Rato Samachar

सम्पर्क

Hetauda-2, Makawanpur, Bagamati Province, Nepal
ratosamachar@gmail.com
+977-9855031145, 9811136795

कम्पनी दर्ता नं.

277788/078/079

सञ्चार रजिस्ट्रारको कार्यालय बागमती प्रदेश, दर्ता नं.:

00091

बागमती प्रदेशको राजधानी हेटौँडाबाट लालरत्न मिडिया प्रा. लि द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका यो हो रातो समाचार डट कम ।
हरेक प्रहर सत्य र निश्पक्ष खबर हरेक नागरिक समक्ष पुर्याउने रातो समाचार डट कमको कदम रहेको छ ।
प्रविधिले फड्को मारेको समयमा प्रविधिको प्रयोग मार्फत हरेक प्रहर सत्य र निश्पक्ष खबर नागरिकहरु समक्ष पुर्याउन र पत्रकारिताको माध्यमबाट सहिलाई सहि गलतलाई गलत भन्न हामी पछि हट्ने छैनौँ ।
हामी कसैको व्यक्तीगत होइनौ सबैको स।झा हौँ । समाचार, कला साहित्य मनोरञ्जन, बिचारका प्रस्तुती र भिडियो समाग्रीहरु पस्कने हाम्रो कर्तव्य हुने छ ।
हामीलाई सदैव तँपाईको साथ र सहयोगको अपेक्षमा छौँ । तँपाईको साथ र सहयोग हामीले पाईरहने छौँ भन्ने विश्वास पनि छ । धन्यवाद।
©2026 www.ratosamachar.com सर्वाधिकार सुरक्षित   Developed By: Sajilo Technology