नेपाल प्रेस युनियनको केन्द्रीय अध्यक्षमा शिव लम्साल ७ सय ४५ मत ल्याएर निर्वाचित भएका छन् । उनकी निकटतम प्रतिद्वन्द्वी अनिता विन्दुले ६१२ मत ल्याइन् । नेविसंघको नवौँ महाधिवेशनअन्तर्गत हेटौँडामा भएको निर्वाचनमा १ हजार ६७९ मध्ये १ हजार ३ सय ९७ मतदाताले मतदान गरेका थिए । प्रेस युनियनका अन्य पदाधिकारीमा प्रेम केसी (वरिष्ठ उपाध्यक्ष), नकुल अर्याल र भीष्मराज ओझा (उपाध्यक्ष), सलोजा दाहाल (महिला उपाध्यक्ष) र दीपेन्द्र बन्तवा (समावेशी उपाध्यक्ष) छन् । निर्वाचन समितिका अनुसार महासचिवमा दिलीप पौडेल र कोषाध्यक्षमा माधव धिताल निर्वाचित भएका छन् । नेपाल प्रेस युनियन सत्तारुढ नेपाली कांग्रेसको परोपकारी संस्था हो । —

रासस