प्रतिनिधिसभा र प्रदेशसभा सदस्य चयनका लागि मंसीर ४ गते आइताबार बिहानदेखि मतदान हुँदैछ ।
निर्वाचन सफल गराउन आयोगबाट खटिएका कर्मचारी आवश्यक सबै सामग्री लिएर मतदान केन्द्रमा पुगिसकेका छन् ।
आइतबार विहान ७ बजेदेखि बेलुकी ५ बजेसम्म हुने छ ।
निर्वाचन : मकवानपुरमा उम्मेदवार

यसैविच मकवानपुरमा प्रतिनिधिसभा निर्वाचन रोचक बन्ने देखिएको छ ।
मकवानपुरमा प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचनमा नाम चलेका नेताहरु प्रतिस्पर्धामा उत्रिएका छन् भने आफ्नो जित सुनिश्चित रहेको बताउँदै आएका छन् ।
३ लाख ७ हजार ३३ जना मतदाता सहभागी हुने छन् । १६७ वटा निर्वाचन स्थल र ३६४ वटा मतदान केन्द्र रहेको छ ।
१ लाख ५३ हजार ५२८ पुरुष, १ लाख ४७ हजार २ सय महिला र अन्य ५ जना गरी तीन लाख ७३३ मतदाता सहभागी हुन लागेका हुन् । १ नम्बर क्षेत्रको १ क मा ७७ हजार ९८९ जना र ख मा ७२ हजार १६६ जना मतदाता रहेका छन् ।
२ को क मा ८३ हजार ०९९ जना र ख ६७ हजार ४७९ जना मतदाता रहेका छन् ।
निर्वाचनको लागि कर्मचारी, सुरक्षाकर्मी र स्वयंसेवकहरु मतदान केन्द्रमा पुगिसकेका छन् ।
निर्वाचन भयरहित बनाउन नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र म्यादी प्रहरीसहित जिल्लामा ४५ सय सुरक्षाकर्मी परिचालन गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
जनताको अधिकारलाई निर्वाचनले नै वैधता र सुनिश्चितता प्रदान गर्ने हुँदा जित कसको हुने हो त्यो भने नतिजालाई कुर्नै पर्छ ।














प्रतिक्रिया दिनुहोस्