बैसाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनको भरतपुर महानगरपालीकामा मत गणना जारी छ।
महानगर हाँक्नका अघि सरेर चुनावी मैदानमा रहेसंगै मतगणना गर्दै गर्दा पपुलर बन्दै छिन् ।
गठबन्धनबाट माओवादी केन्द्रको रेनु दाहालको जितको सम्भावाना बलियो भएको सर्मथकहरुको धारना छ भने बधाई समेत भनिरहेका छन्।
मेयरको उम्मेदवार बनाएर रेनुलाई अघि सारेपछि एमाले तर्फको विजय सुवेदी, भुइकटहर चुनाव चिन्ह लिएका स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेल विच महासंग्रामको संकेत देखियो ।
सम्पन्न निर्वाचनको महानगरमा मत गणना हुदै गर्दा आज बेलुका ४ बजेर ४७ मिनेट सम्म ९९,७१४मत गणना गर्दा रेनुले ८,७८२ मतले अग्रता लिएपछि गठबन्धन पक्षले जित पक्का भएको बताएका छन् ।
मत गणना गर्दै गर्दा माओवादी केन्द्रकी रेनुले ३९ हजार ४ सय ७२ मत प्राप्त गरेर अघि लागिरहेकी छन् ।
एमालेका विजय सुवेदीले ३० हजार ६सय९० मत पाएर निक्कै पछि परेका छन् ।
भुइकटर चुनाव चिन्हका स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले १२,८१५ मत प्राप्त गरेका छन् ।
मेयर पदको घमासानमा धेरै जसोको चासो बनेको भरतपुरमहानगरमा मत गणना हुँदैै गर्दा रेनु झन झन पपुलर हुदैछिन् भने अब जित पक्का भएको दावी गरेका छन्।

मतान्तरको अनुसार मेयरमा दाहाल र उपमेयरमा अधिकारीनै बन्न सक्ने सम्भावाना बलियो देखिएको छ ।
त्यस्तै उपमेमयरमा गठबन्धनबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका उम्मेदवार चित्रसेन अधिकारीले ४१,७१५मत पाएका छन्।
त्यस्तै गरि राप्रपा तर्फको हिमला गुरुङ्गले २४,२९५ मत पाएकी छन् । अधिकारी ८,७८२ मतले अग्रतामा छन् ।

भरतपुरमा एक लाख २७ हजार ८३९ मत खसेको हो भने मत गणना जारी छ ।