Rato Samachar
Sat, 5 September, 2026
वि.स.
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • प्रदेश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • राजनीति
  • खेलकुद
  • चलचित्र
  • अन्रर्वार्ता
  • अर्थ-विजनेस
  • भिडियो
  • निर्वाचन
    • स्थानीय निर्वाचन
    • प्रदेश निर्वाचन
    • राष्ट्रिय निर्वाचन
  • अन्य
    • राशिफल
    • पत्रपत्रिका
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • प्रविधि
    • मनोरञ्जन
    • विचार-ब्लग
    • प्रहरी/अपराध
    • समाज
    • घटना
    • साहित्य
    • धर्म-संस्कृति
    • पर्यटन
समाचार समाज

नाङ्गी बाराहनीको दर्शन गर्न आउने बढे

माताको मन्दिर । सोही पोखरीमा डुबेका दुई मगर जातका कुमार पुजारी । छेउमै बसेका मगर पुजारीले भक्तजनको कुरा सुनेपछि चिच्चाउँदै भन्नुहुन्छ, “फलानो व्यक्तिले चाहेको मनोकामना पूरा गराइदेउ नाङ्गी बराहनी माता ।” त्यसपछि मगर समुदायका पुजारीले तलाउमा चुर्लुम्म डुबेर भक्तजनलाई हिलो दिए भक्तजन नबोली हिलो प्लाष्टिकमा राखेर एक किलोमिटर टाढा पुग्नुभयो । उक्त दृश्य हो म्याग्दीको अन्नपूर्ण गाउँपालिका–८ मा अवस्थित नाङ्गी बराही मन्दिर परिसरको । भक्तजनले मागेको बर पूरा गर्ने मनोकाङ्क्षाका साथ उक्त मन्दिरमा बर्सेनि पुग्ने भक्तजनको सङ्ख्यामा वृद्धि भइरहेको छ । वर्षमा एकपटक श्रावण शुक्लपक्ष जनैपूर्णिमाका दिनमात्रै विशेष पूजाआजा हुने नाङ्गी बराहनी माताको पछिल्लो समय भक्तजनको ओइरो नै लाग्ने गरेको छ । कतिपयले बर माग्ने र कति मागेको बर पूरा भएपछि बर फिर्ता गर्न त्यस स्थानमा जनैपूर्णिमाका दिन पुग्ने गरेका छन् । तालको हिलो समातेर भक्तजनपछि नफर्किकन घर फर्कने र चाहेको कुरा पूरा भएमा पुनः भाकल गर्न र भाकल फिर्ता गर्न त्यहाँ पुग्ने गरेका छन् । तालमा भक्तजन पुगेपछि मगर समुदायका पुजारीले तलाउमा चुरलुम्म डुबेर हिलो दिने चलन रहेको छ । पारिवारिक सुख, सम्पत्ति, सन्तान लाभ, रोजगारी, सुस्वास्थ्य लगायतका मनोकाङ्क्षा पूरा हुने जनविश्वास लिएर विभिन्न क्षेत्रबाट गएका भक्तजनले मन्दिरमा बर माग्ने चलन रहेको स्थानीय रमन पुनले जानकारी दिनुभयो । “प्रकृति पूजा गर्नेको समुदायले परम्पराकालदेखि नै पूजाआजा गर्दै आएको नाङ्गी बराहनी माताको महिमा बढ्दै गएको थियो, प्रचारप्रसार र सडक सञ्जालको पहुँचका कारण अहिले विभिन्न स्थानबाट भक्तजन यहाँ बर माग्न आउने गरेको र बर मागेका अधिकांशले आफूले चाहेको बर पूरा गरेको भन्दै आफ्नो क्षमताअनुसार बोका, परेवा र नरिवल लिएर बलि दिन आउने चलन छ”, पुनले भन्नुभयो । आफूले चाहेको पूरा गर्ने विश्वासका साथ नाङ्गी बराहनी माताको दर्शन गर्न आएको पर्वतस्थित जलजला गाउँपालिका–४ का विशाल पुनले बताउनुभयो । अन्नपूर्ण गाउँपालिका–८ का वडाध्यक्ष खमबहादुर गर्बुजा पुनले स्थानीय जनताको सक्रियतामा नै नाङ्गी बराहनी माताको प्रचारप्रसार तथा पूर्वाधार निर्माण गरिएको बताउनुभयो । उहाँले आगामी दिनमा वडाले समेत सक्दो सहयोग गर्ने बताउनुभयो । उक्त गाउँ राष्ट्रिय आविस्कार केन्द्रका सञ्चालनक तथा परिकल्पनाकार महावीर पुनको गाउँ भएकाले प्रचारप्रसारमा सहयोग पुगेको स्थानीयको भनाइ छ । मन्दिर र मन्दिर नजिकैको प्राकृतिक तालका कारण मन्दिर प्रसिद्ध भएको हो । मगर पुजारी रहेको नाङ्गी बराहनी माता मन्दिरमा बोका, परेवा, नरिवल मात्रै चढ्ने गरेको छ । उक्त बर लिएपछि पछाडिसमेत नफर्किकन तालदेखि तल ढोकाद्वारे देवताको थानसम्म झर्नुपर्ने परम्परा रहेको छ । आफ्नो मनकामना पूरा भएपछि पुनःवर्ष दिनमा उक्त मन्दिरमा दर्शन गर्न जानेको सङ्ख्या पनि अत्यधिक बढेको छ । जनैपूर्णिमामा म्याग्दीसहित पर्वत, बागलुङ, कास्की, गोरखा, नवलपुर र चितवनलगायतका जिल्लाबाट श्रद्धालु भक्तजन नाङ्गी बराहनी माताको मन्दिर दर्शन र पूजाआजा गर्न आउने गरेका छन् । मनोकामना पूरा हुनेहुँदा नाङ्गी बराहनी माताको दर्शन गर्न र उनीसमक्ष वर माग्न आउने गरेको भक्तजन बताउँछन् । सोही गाउँपालिकाकै वडा नं ५ शिख पाउद्वारस्थित खयरबराह मन्दिरमा समेत मन्दिर नजिकै रहेको तालमा पुगेर चिच्चाएर आफ्नो इच्छाअनुसार माग्ने गरेका छन् । यहाँ हरेक वर्ष जनैपूर्णिमाको दिन पूजा हुन्छ । म्याग्दीका साथै विभिन्न जिल्लाबाट ठूलो सङ्ख्यामा मन्दिरमा दर्शन गर्न भक्तजन पुगेका छन् ।(रासस)

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित थप समाचारहरु

मकवानपुरको बकैयामा फेरिपनी भेटियो किङ्ग कोब्रा सर्प

रसुवा बाढी : संकलन वेवारिसे शव जमिनमुनि व्यवस्थापन गरिने – चितवन प्रशासन

शवबाट कानको मुन्द्रा तानेको आरोपमा २ जना पक्राउ

अनेरास्ववियु हेटौंडा नगर कमिटीको अध्यक्षमा रिजन जीसी

रातो समाचार संवाददाता

बागमतीका मुख्यमन्त्री किरण थापाले आइतबार विश्वास लिने

रातो समाचार संवाददाता

हेटौंडाका विशालराज महतलाई आरोही व्यक्ति सम्मान

रातो समाचार संवाददाता

हेटौंडा फुटबल एकेडेमीले फाइनल प्रवेशका लागि लाङ्जिङ ब्वाजसंग भिड्दै

रातो समाचार संवाददाता

८० औं इन्डिपेन्डेन्स फुटबल, हेटौंडाको गोल बाढीमा हाइल्याण्ड वारियर पाखा लाग्यो

अभियन्ता नवल खड्कालाई दुई दिनमै राष्ट्रिय सम्मान

सीतादेवी स्मृति फुटबल प्रतियोगिता, भोलि हेटौंडा फुटबल एकेडेमीले सिक्किम पुलिसको सामना गर्दै

लोकप्रिय



भर्खरै

मकवानपुरको बकैयामा फेरिपनी भेटियो किङ्ग कोब्रा सर्प

रसुवा बाढीबाट सकुशल फर्किएका हेटौंडा–१५ का दुई युवालाई स्वागत

भोटेकोशी बाढीपीडितका कांग्रेस बागमतीद्धारा १० लाख ६६ हजार सहयोग

‘पार्वती’ पहिलो कमाई भोटेकोशी बाढी पीडित सरकारी उद्वार कोषमा

रसुवा बाढीपीडित प्रभावित: सहयोग संकलन अभियानमा हेटौंडा उपमहानगरका टोल विकास

रसुवा बाढी : संकलन वेवारिसे शव जमिनमुनि व्यवस्थापन गरिने – चितवन प्रशासन

लालरत्न मिडिया प्रा.लि द्धारा सञ्चालित

Rato Samachar

सम्पर्क

Hetauda-2, Makawanpur, Bagamati Province, Nepal
ratosamachar@gmail.com
+977-9855031145, 9811136795

कम्पनी दर्ता नं.

277788/078/079

सञ्चार रजिस्ट्रारको कार्यालय बागमती प्रदेश, दर्ता नं.:

00091

बागमती प्रदेशको राजधानी हेटौँडाबाट लालरत्न मिडिया प्रा. लि द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका यो हो रातो समाचार डट कम ।
हरेक प्रहर सत्य र निश्पक्ष खबर हरेक नागरिक समक्ष पुर्याउने रातो समाचार डट कमको कदम रहेको छ ।
प्रविधिले फड्को मारेको समयमा प्रविधिको प्रयोग मार्फत हरेक प्रहर सत्य र निश्पक्ष खबर नागरिकहरु समक्ष पुर्याउन र पत्रकारिताको माध्यमबाट सहिलाई सहि गलतलाई गलत भन्न हामी पछि हट्ने छैनौँ ।
हामी कसैको व्यक्तीगत होइनौ सबैको स।झा हौँ । समाचार, कला साहित्य मनोरञ्जन, बिचारका प्रस्तुती र भिडियो समाग्रीहरु पस्कने हाम्रो कर्तव्य हुने छ ।
हामीलाई सदैव तँपाईको साथ र सहयोगको अपेक्षमा छौँ । तँपाईको साथ र सहयोग हामीले पाईरहने छौँ भन्ने विश्वास पनि छ । धन्यवाद।
©2026 www.ratosamachar.com सर्वाधिकार सुरक्षित   Developed By: Sajilo Technology