Rato Samachar
Mon, 28 September, 2026
वि.स.
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • प्रदेश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • राजनीति
  • खेलकुद
  • चलचित्र
  • अन्रर्वार्ता
  • अर्थ-विजनेस
  • भिडियो
  • निर्वाचन
    • स्थानीय निर्वाचन
    • प्रदेश निर्वाचन
    • राष्ट्रिय निर्वाचन
  • अन्य
    • राशिफल
    • पत्रपत्रिका
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • प्रविधि
    • मनोरञ्जन
    • विचार-ब्लग
    • प्रहरी/अपराध
    • समाज
    • घटना
    • साहित्य
    • धर्म-संस्कृति
    • पर्यटन
समाचार

नवलपरासी कोभिडविरुद्धको पूर्ण खोप लगाउने जिल्ला

नवलपरासी(बर्दघाट सुस्ता पश्चिम) जिल्ला कोभिड–१९ विरुद्धको पूर्ण खोप लगाउने पहिलो जिल्ला बनेको छ । नवलपरासीका ९९ प्रतिशत लक्षित जनसङ्ख्याले कोभिड–१९ विरुद्धको पहिलो मात्रा र ९७ प्रतिशतले दोस्रो मात्राको खोप लगाएका छन् । बाह« वर्षमाथिका लक्षित सबै नागरिकले कोरोनाविरुद्धको खोप लगाएकाले कोभिड–१९ विरुद्धको खोप सञ्चालन तथा व्यवस्थापन सम्बन्धी जिल्ला खोप समन्वय समितिको आजको बैठकबाट नवलपरासी(बर्दघाट सुस्ता पश्चिम)लाई नेपालकै पहिलो कोभिड–१९ विरुद्धको पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको समिति संयोजक एवं प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले राससलाई जानकारी दिनुभयो । “यस जिल्लाका नागरिक आज बधाईका पात्र हुनुहुन्छ, सरकारले तोकेका सबै प्रक्रिया पूरा गरेर आजबाटै पश्चिम नवलपरासीलाई कोभिड–१९ विरुद्धको पूर्ण खोपयुक्त पहिलो जिल्ला घोषणा गरेका छौँ”, उहाँले भन्नुभयो । जिल्लाका सातै स्थानीय तहहरुले १२ वर्षभन्दा माथिका सबै नागरिकलाई कोरोनाविरुद्धको खोपको पूर्ण मात्रा पूरा गरी कोभिड–१९ विरुद्धको पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गरिसकेका थिए । लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयबाट साउन ८ गते भएको अनुगमन, निरीक्षण तथा भेरिफिकेशनबाट समेत पूर्ण खोप सुनिश्चितता घोषणाको सम्पूर्ण प्रक्रिया पूरा भएकोले कोभिड–१९ विरुद्धको पूर्ण खोप सुनिश्चित जिल्ला हुन सफल भएको प्रजिअ पोखरेलले बताउनुभयो । कोभिड–१९ पुनः बढ्ने क्रममा रहेकाले स्वास्थ्य सुरक्षका मापदण्ड पालना गर्न र सतर्कता अपनाउन समेत उहाँले आग्रह गर्नुभयो । पश्चिम नवलपरासीमा १२ वर्ष माथिका खोप लगाउन योग्य कूल दुई लाख ९२ हजार ४३६ जनसङ्ख्या मध्ये ९९ प्रतिशतले पहिलो मात्रा र ९७ प्रतिशतले दोस्रो मात्राको खोप लगाएको स्वास्थ्य कार्यालय परासीका प्रमुख ओमप्रकाश पन्थीले जानकारी दिनुभयो । आजै पश्चिम नवलपरासीलाई पूर्ण खोप दीगोपना सुनिश्चित जिल्ला पनि घोषणा गरिएको छ । पन्ध्र महिना सम्मका सबै बालबालिकाले सरकारले तोकेका १३ प्रकारका नियमित खोप लगाएकोले पूर्ण खोप दीगोपना सुनिश्चित् जिल्ला घोषणा गरिएको जिल्ला खोप समन्वय समितिका अध्यक्ष एवं जिल्ला समन्वय समिति(जिसस) प्रमुख भगौती यादव(रुदल)ले जानकारी दिनुभयो । नवलपरासी जिल्लालाई विसं२०७० सालमै नेपालको पहिलो पूर्ण खोपयुक्त जिल्ला घोषणा गरिएको थियो । प्रत्येक वर्ष अनुगमन र दीगोपना घोषणा गर्ने क्रममा यसवर्ष १६ देखि २३ महिनासम्मका लक्षित चार हजार ८०७ बालबालिकामध्ये चार हजार ६६१ ले नियमित पूर्ण खोप प्राप्त गरेको र १४९ जना छुटेको पाइएपछि खोज तथा खोप अभियान सञ्चालन गरी १०० प्रतिशतलाई खोप लगाइएको, जिल्लाका सातै पालिकाले पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरेको र लुम्बिनी प्रदेश सरकारको अनुगमनबाट भेरिफिकेशन भएका आधारमा पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको स्वास्थ्य कार्यालय प्रमुख पन्थीले बताउनुभयो । –––रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित थप समाचारहरु

महासमिति प्रतिनिधिमा कुमार गुरुङ (भण्डु)को उम्मेदवारी, जनजाति आरक्षणतर्फ चितवन–२ बाट दाबी

हेटौंडा अस्पताल सर्पदंशको उपचारमा समेत सक्रिय बन्दै

राजेश गरिब

सडक भासिँदा अवरुद्ध सडकखण्डमा एकतर्फी यातायात सञ्चालन

निर्माण व्यवसायी संघ मकवानपुरमा गोपालीको उम्मेदवारी, परिवर्तनको एजेन्डा अघि सार्दै

मकवानपुर गढीमा भूमिहीन६परिवारलाई जग्गाधनी पुर्जा

शवबाट कानको मुन्द्रा तानेको आरोपमा २ जना पक्राउ

अनेरास्ववियु हेटौंडा नगर कमिटीको अध्यक्षमा रिजन जीसी

रातो समाचार संवाददाता

बागमतीका मुख्यमन्त्री किरण थापाले आइतबार विश्वास लिने

रातो समाचार संवाददाता

हेटौंडाका विशालराज महतलाई आरोही व्यक्ति सम्मान

रातो समाचार संवाददाता

८० औं इन्डिपेन्डेन्स फुटबल, हेटौंडाको गोल बाढीमा हाइल्याण्ड वारियर पाखा लाग्यो

लोकप्रिय



भर्खरै

महासमिति प्रतिनिधिमा कुमार गुरुङ (भण्डु)को उम्मेदवारी, जनजाति आरक्षणतर्फ चितवन–२ बाट दाबी

हेटौंडा अस्पताल सर्पदंशको उपचारमा समेत सक्रिय बन्दै

राजेश गरिब

मैत्रीपूर्ण फुटसल प्रतियोगितामा प्रमुख सचिव टिम विजयी

सडक भासिँदा अवरुद्ध सडकखण्डमा एकतर्फी यातायात सञ्चालन

तीजको महत्व

निर्माण व्यवसायी संघ मकवानपुरमा गोपालीको उम्मेदवारी, परिवर्तनको एजेन्डा अघि सार्दै

लालरत्न मिडिया प्रा.लि द्धारा सञ्चालित

Rato Samachar

सम्पर्क

Hetauda-2, Makawanpur, Bagamati Province, Nepal
ratosamachar@gmail.com
+977-9855031145, 9811136795

कम्पनी दर्ता नं.

277788/078/079

सञ्चार रजिस्ट्रारको कार्यालय बागमती प्रदेश, दर्ता नं.:

00091

बागमती प्रदेशको राजधानी हेटौँडाबाट लालरत्न मिडिया प्रा. लि द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका यो हो रातो समाचार डट कम ।
हरेक प्रहर सत्य र निश्पक्ष खबर हरेक नागरिक समक्ष पुर्याउने रातो समाचार डट कमको कदम रहेको छ ।
प्रविधिले फड्को मारेको समयमा प्रविधिको प्रयोग मार्फत हरेक प्रहर सत्य र निश्पक्ष खबर नागरिकहरु समक्ष पुर्याउन र पत्रकारिताको माध्यमबाट सहिलाई सहि गलतलाई गलत भन्न हामी पछि हट्ने छैनौँ ।
हामी कसैको व्यक्तीगत होइनौ सबैको स।झा हौँ । समाचार, कला साहित्य मनोरञ्जन, बिचारका प्रस्तुती र भिडियो समाग्रीहरु पस्कने हाम्रो कर्तव्य हुने छ ।
हामीलाई सदैव तँपाईको साथ र सहयोगको अपेक्षमा छौँ । तँपाईको साथ र सहयोग हामीले पाईरहने छौँ भन्ने विश्वास पनि छ । धन्यवाद।
©2026 www.ratosamachar.com सर्वाधिकार सुरक्षित   Developed By: Sajilo Technology