बागमती प्रदेशको राजधानी हेटौंडामा जारी दोस्रो नागस्वती भेट्रान्स राष्ट्रिय रनिङ शिल्ड एट.ए. साइड फुटबल प्रतियोगिता पाँच वटा खेलहरु आज सम्पन्न भएको छ । आज बुधबार हेटौंडा–७ नागस्वती स्थित नवज्योति खल मैदानमा पाँतवटा खेलहरु सम्पन्न भए सँगै आयोजक नागस्वती क्लब विजयी भएको हुन सफल छ ।

पाचौँ खेलमा नागस्वती बि ले हेटौंडा भेट्रान्सलाई २–० गोल अन्तरले हराउदै विजेता बन्न सफल भएको हो । नागस्वतीको तर्फबाट पहिलो हाफको १० औँ मिनेटमा विर्कण श्रेष्ठले १गोल र दोस्रो ४६ औँ मिनेटमा निमा लामाले निर्णायक गोल गर्दै टिमलाई विजयी गराए । विजयी हुन सफल भए सँगै आयोजक नागस्वती बि क्वाटर फाइनलमा प्रवेश गर्न सफल भयो ।

 

खेलको म्यान अफ द म्याच विजयी आयोजक क्लबको तर्फबाट निमा लामा घोषित भए । भोलि पहिलो बिहान सात बजेदेखि हुनेछ ।

 

प्रतियोगिताको उपाधी विजेता टिमले २ लाख १ हजार रुपैयाँ र उपविजेता टिमले १ लाख १ हजार रुपैयाँ सहित ट्रफि मेडल तथा प्रमाण पत्र प्राप्त गर्नेछन् भने विधागत उत्कृष्ट खेलाडीहरुको लागि समेत पुरष्कारको व्यवस्था गरिएको आयोजकले जानकारी दिए ।

प्रतियोगिताको फाइनल खेल असोज २० गते हुनेछ । प्रतियोगितामा १६ वटा टिमको सहभागिता रहेको छ ।