हेटौंडा । आवाजको दुनियाँमा परिचित मुकुन्द शर्मा हुमागाई अहिले राष्ट्रव्यापी धार्मिक जागरणको अभियानमा अगुवा बनेका छन् । लामो समय पत्रकारितामा सक्रिय रहँदै आएका शर्मा धार्मिक जागरणको अभियानमा अगुवा बनेका हुन् । उनले हाल लड्केश्वर धामलाई विश्वकै एकमात्र कालाग्निरुद्र पीठको रूपमा उभ्याउने संकल्पसहित आध्यात्मिक नेतृत्व ग्रहण गरेको बताएका छन् ।
वि.सं २०७० सालपछि हराउँदै गएको लड्केश्वर महादेव क्षेत्रको पुनर्जीवनको कल्पना गर्दै उनले ७७ जिल्लामा रथयात्रा, राष्ट्रव्यापी आह्वान र २०८० सालमा सम्पन्न राष्ट्रिय कोटिहोम जस्ता कार्यक्रमहरू उनको अगुवाइमा सम्पन्न भएको हो । कोटिहोमपछि प्रा.डा. माधव भट्टराईको नेतृत्वमा गठित धर्मसभा नेपालद्वारा उनलाई कालाग्निरुद्र पीठको पीठाधीश पद दिइयो । उनको यो यात्रा अब व्यक्तिगतभन्दा पनि सार्वजनिक धर्म–जागरणको अभियान बनेको छ ।
जीमेल मार्फत प्राप्त समाचार

























प्रतिक्रिया दिनुहोस्