थाहा ७ का वडा अध्यक्ष लागुऔषत गाँजा सहित पक्राउ परेका छन् । आज बिहान ६ बजे लागू औषध नियन्त्रण व्युरो कोटेश्वर काठमाडौ र इलाका प्रहरी कार्यालय पालुङको संयुक्त टोलिले थाहा नगरपालिका वडा न ७ का वडा अध्यक्ष शिवराज थिङको घरबाट विक्री वितरण गर्ने उद्देश्य सहित लुकाइ छिपाइ राखेको अवस्थामा ३० वटा पोकामा २७ किलोग्राम गाजाको धुलो र इन्द्र बहादुर थिङ्को घरबाट १० वटा बोरामा लुकाएर राखेको १७५ किलो सहित पक्राउ परेको ईलाका प्रहरी कार्यालय पालुङले जनाएको छ ।
पक्राउ पर्नेमा थाहा ७ का वडा अध्यक्ष थिङ सहित उनका बाबु ७६ वर्षिय भिम बहादुर थिङ ,र साेही स्थानका वर्ष ६७ को इन्द्र बहादुर थिङ रहेको प्रहरीले जनायको छ ।
पक्राउ परेकाहरू लाई थप अनुसन्धान तथा कारवाहिको लागि कार्य भैरहेको ईलाका प्रहरी कार्यालय पालुङले जानकारी दिएको छ ।
























प्रतिक्रिया दिनुहोस्