Rato Samachar
Mon, 24 August, 2026
वि.स.
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • प्रदेश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • राजनीति
  • खेलकुद
  • चलचित्र
  • अन्रर्वार्ता
  • अर्थ-विजनेस
  • भिडियो
  • निर्वाचन
    • स्थानीय निर्वाचन
    • प्रदेश निर्वाचन
    • राष्ट्रिय निर्वाचन
  • अन्य
    • राशिफल
    • पत्रपत्रिका
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • प्रविधि
    • मनोरञ्जन
    • विचार-ब्लग
    • प्रहरी/अपराध
    • समाज
    • घटना
    • साहित्य
    • धर्म-संस्कृति
    • पर्यटन
अर्थ-विजनेस समाज

तनहुँमा थपिए पाँच सय ७९ उद्योग

तनहुँमा एक वर्षमा पाँच सय ७९ उद्योग थपिएका छन् । घरेलु तथा साना उद्योग कार्यालयमा आर्थिक वर्ष २०७८÷७९ मा ती उद्योग दर्ता भएका हुन् । यस अवधिमा उत्पादनमूलक ४७, कृषि तथा वन पैदावरमा आधारित तीन सय २०, खनिजतर्फ एक, पर्यटनतर्फ एक, सेवातर्फ एक सय तीन र पूर्वाधारतर्फ तीन उद्योग थपिएको कार्यालय प्रमुख नारायण ढकालले जानकारी दिनुभयो । थपिएका उद्योगमध्ये घरेलुतर्फ ३३ र साना उद्योगतर्फ पाँच सय ४६ छन् । कृषि र पशुपालनमा युवाको आकर्षण बढेसँगै कृषिसम्बन्धी उद्योग दर्ता वृद्धि भएको ढकालले बताउनुभयो । “वैदेशिक रोजगारीबाट फर्किएका युवा पशुपालनतर्फ आकर्षित भएका छन्,” उहाँले भन्नुभयो । कृषि तथा वनजन्यतर्फ दुग्ध डेरी, गाईपालन, बाख्रापालन, कुखुरापालन, मौरीपालन, माछापालन र तरकारी खेतीतर्फ आकर्षण बढ्दो छ । तनहुँमा थपिएका उद्योगको कूल पुँजी रु ६३ करोड ५२ लाख रहेको कार्यालयले जनाएको छ । ती उद्योगको वार्षिक उत्पादन क्षमता रु एक अर्ब ७१ करोड ८७ लाख ५० हजारको छ । थपिएका उद्योगमा पाँच सय ३४ महिला र पाँच सय एक पुरुष गरी एक हजार ३५ जनाले रोजगारी पाएका छन् । उद्योगमा आठ सय नौ उद्यमी छन् । उद्योग दर्ता बापत रु २४ लाख तीन हजार राजस्व सङ्कलन भएको छ । सोही अवधिमा तीन सय ९६ उद्योगको नवीकरण गरिएको छ । यस्तै ५४ उद्योगले नामसारी, चार उद्योगले ठाउँसारी, ७७ उद्योगले उद्देश्य थप तथा ६७ उद्योगले पुँजी वृद्धि गरेको कार्यालयले जनाएको छ । आर्थिक वर्ष २०७८÷७९ मा जिल्लामा दुई हजार एक उद्योग दर्ता भएका थिए । सो अवधिमा ती उद्योगमा रु दुई अर्ब ७० करोड ९० लाख लगानी भएको थियो । त्यस्तै आर्थिक वर्ष २०७६÷७७ मा जिल्लामा तीन हजार पाँच सय १५ उद्योग थपिएका थिए । ती उद्योगमा रु एक अर्ब ८९ करोड ५२ लाख लगानी भएको थियो । रु एक लाखसम्म पुँजी भएका उद्योगले रु एक हजार १००, रु तीन लाखसम्म पुँजी भएका उद्योगले रु तीन हजार १००, रु पाँच लाखसम्म पुँजी भएका उद्योगले रु ६ हजार १००, रु ५० लाखसम्म पुँजी भएका उद्योगले रु १२ हजार १००, रु एक करोडसम्म पुँजी भएका उद्योगले रु २० हजार १००, रु पाँच करोडसम्म पुँजी भएका उद्योगले रु ३० हजार १००तथा रु पाँच करोडभन्दा बढी पुँजी भएका उद्योगले रु ५० हजार एकसय १० दर्ताबापत शुल्क बुझाउनुपर्छ । –––रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित थप समाचारहरु

अनेरास्ववियु हेटौंडा नगर कमिटीको अध्यक्षमा रिजन जीसी

रातो समाचार संवाददाता

बागमतीका मुख्यमन्त्री किरण थापाले आइतबार विश्वास लिने

रातो समाचार संवाददाता

हेटौंडाका विशालराज महतलाई आरोही व्यक्ति सम्मान

रातो समाचार संवाददाता

हेटौंडा फुटबल एकेडेमीले फाइनल प्रवेशका लागि लाङ्जिङ ब्वाजसंग भिड्दै

रातो समाचार संवाददाता

८० औं इन्डिपेन्डेन्स फुटबल, हेटौंडाको गोल बाढीमा हाइल्याण्ड वारियर पाखा लाग्यो

अभियन्ता नवल खड्कालाई दुई दिनमै राष्ट्रिय सम्मान

सीतादेवी स्मृति फुटबल प्रतियोगिता, भोलि हेटौंडा फुटबल एकेडेमीले सिक्किम पुलिसको सामना गर्दै

हेटौंडामा ग्राण्ड व्यूटी एक्सपो हुँदै

इन्डिपेन्डेनस डे फुटबल, भोलि हेटौंडा फुटबल एकेडेमी माम्रिङ ब्वाइजसँग भिड्ने

सिक्किमको पाक्योङ जिल्लाको स्वतन्त्र दिवसको फुटबलमा हेटौंडा एकेडेमी सहभागी हुँदै

लोकप्रिय



भर्खरै

अनेरास्ववियु हेटौंडा नगर कमिटीको अध्यक्षमा रिजन जीसी

रातो समाचार संवाददाता

हेटौंडामा नेपाली फिल्म “लिटल स्ट्रार्स” विशेष च्यारिटी सो हुने

बागमतीका मुख्यमन्त्री किरण थापाले आइतबार विश्वास लिने

रातो समाचार संवाददाता

बागमती प्रदेशको मुख्यमन्त्रीमा किरण थापा 

हेटौंडाका विशालराज महतलाई आरोही व्यक्ति सम्मान

रातो समाचार संवाददाता

हेटौंडा फुटबल एकेडेमीले फाइनल प्रवेशका लागि लाङ्जिङ ब्वाजसंग भिड्दै

रातो समाचार संवाददाता

लालरत्न मिडिया प्रा.लि द्धारा सञ्चालित

Rato Samachar

सम्पर्क

Hetauda-2, Makawanpur, Bagamati Province, Nepal
ratosamachar@gmail.com
+977-9855031145, 9811136795

कम्पनी दर्ता नं.

277788/078/079

सञ्चार रजिस्ट्रारको कार्यालय बागमती प्रदेश, दर्ता नं.:

00091

बागमती प्रदेशको राजधानी हेटौँडाबाट लालरत्न मिडिया प्रा. लि द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका यो हो रातो समाचार डट कम ।
हरेक प्रहर सत्य र निश्पक्ष खबर हरेक नागरिक समक्ष पुर्याउने रातो समाचार डट कमको कदम रहेको छ ।
प्रविधिले फड्को मारेको समयमा प्रविधिको प्रयोग मार्फत हरेक प्रहर सत्य र निश्पक्ष खबर नागरिकहरु समक्ष पुर्याउन र पत्रकारिताको माध्यमबाट सहिलाई सहि गलतलाई गलत भन्न हामी पछि हट्ने छैनौँ ।
हामी कसैको व्यक्तीगत होइनौ सबैको स।झा हौँ । समाचार, कला साहित्य मनोरञ्जन, बिचारका प्रस्तुती र भिडियो समाग्रीहरु पस्कने हाम्रो कर्तव्य हुने छ ।
हामीलाई सदैव तँपाईको साथ र सहयोगको अपेक्षमा छौँ । तँपाईको साथ र सहयोग हामीले पाईरहने छौँ भन्ने विश्वास पनि छ । धन्यवाद।
©2026 www.ratosamachar.com सर्वाधिकार सुरक्षित   Developed By: Sajilo Technology