मकवानपुर । जिल्ला अदालत बार एशोसिएसनको अध्यक्षमा अधिवक्ता अप्सरा बस्नेत  निर्वाचित भएकी छन् ।

महिला अधिवक्ता  र अधिवक्ता पुरुष  विच भएको चुनावी मैदानमा प्रतिद्धन्दि पुरुषलाई पराजित गर्दै बस्नेत निर्वाचित भएकी हुन् ।

२४ जना कानुन व्यवसायीहरुले मतदान गरेका थिए ।

बारको अध्यक्षको प्रतिद्धन्दि ऋषि केबीलाई ३ मतान्तरले पराजित गर्दै पहिलो पटक महिला अधिवक्ताले बारको नेतृत्व गर्ने भएकी हुन् ।
जम्मा रहेको २४ मतमा बस्नेतले १३ मत प्राप्त गरिन् भने केबीले १० मत प्राप्त गरे ।

त्यस्तैगरि उपाध्यक्षमा अधिवक्ता जयराम सुबेदी निर्वाचित भएका छन् । उनले १४ मत पाए भने प्रतिद्धन्दि अधिवक्ता बुुद्धिराज ढकालले १० मत पाए ।
सचिवमा अधिवक्ता शान्ति माया मुक्तान र कृष्ण प्रसाद छत्कुलीको बराबर मत भएको थियो ।

दुबै विच मत बराबर भएपछि पहिलो १ वर्ष छत्कुली र दोस्रो वर्ष मुक्तान सचिव हुने आपसी सहमती भएको छ ।

सह–सचिवमा अधिवक्ता रमिता चौलागाई निर्वाचित भएकी हुन्

कोषध्यक्षका लागि अधिवक्ता राधा कृषण मैनाली आरके ले १३ मत प्राप्त गर्दैे निर्वाचित भएका छन् ।
उनका प्रतिद्धन्दि रहेका देव प्रसाद ढकालले ११ मत पाए ।

सदस्यमा भने सर्वसम्मत निर्वाचित भएका छन् ।

सदस्यहरुमा अधिवक्ता जगननाथ सुबेदी, पंकज अधिकारी र दिपेन्द्र ढकाल रहेका छन् ।

त्यस्तै केन्द्रिय पार्षद तर्फ अज्मिर केसी र उत्तम कुमार केसी रहेका छन् ।

अध्यक्षमा निर्वाचित अधिवक्ता अप्सरा  बस्नेत यस् अनलाइनको कानुनी सल्लाहकार  हुनुहुन्छ ।