हेटौंडा । नेपाल रेडक्रस सोसाइट जिल्ला शाखा मकवानपुरले हेटौंडा जिल्लास्तरीय शिक्षक नायब गोष्ठी कार्यक्रमको आयोजना गरेको छ । शुक्रबार हेटौंडा–८,स्थित चन्द्रोदय माध्यमिक विद्यालयमा रेडक्रस सोसाइट मकवानपुरका उपमन्त्री शिवरहरि दहालको सभाध्यक्षमा तथा जिल्ला प्रशासन कार्यालय मकवानपुरका प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठको प्रमुख आतिथ्यमा कार्यक्रमको आयोजना गरेको हो । गोष्ठीले शैक्षिक संस्थामा रेडक्रसलाई अभियानको रूपमा सञ्चालन गरि जुनियर÷ युवा सर्कल गठन तथा पुनर्गठन गर्ने, रेडक्रस परिचयात्मक गोष्ठी तथा पालिकास्तरीय प्राथमिक उपचार तथा विपद् व्यवस्थापन लगायतका विभिन्न तालिम सञ्चालन गर्ने निर्णय गरेको छ । कार्यक्रममा जिल्ला भरीका सामुदायिक तथा संस्थगत गरी ८५ वटा विद्यालयका शिक्षक नायकहरु सहभागिता रहेको थियो ।
आगामी भाद्र १३ र १४ गते हेटौंडा–१९ नेवारपानीस्थित अरनिको माध्यमिक विद्यालयमा आयोजना हुने जिल्ला जुनियर÷युवा रेडक्रस गोष्ठीमा जिल्लाका सबै शैक्षिक संस्थाले सहभागिता जनाउने ६ वटा बिषयमा महत्वपूर्ण छलफल गरिएको नेपाल रेडक्रस सोसाइटी मकवानपुर जिल्ला शाखाका उपमन्त्री शिवहरि दाहालले जानकारी दिएका छन् । गोष्ठीमा अन्तर्राष्ट्रिय रेडक्रस अभियानको सन्दर्भमा सुमित्रा काफ्ले, नेपाल रेडक्रस अभियान बारे पिताम्बर बास्तोला, शिक्षक नायकको काम कर्तब्यबारे शिबहरि दाहाल, जुनियर युवा अभियान बारे लक्ष्मण भट्टराईले सहजीकरण गरेका थिए ।
कार्यक्रममा नेरेसो मकवानपुरका मन्त्री सुमित्रा काफ्ले, विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष हरि वाग्ले, श्रमिक माविका प्रधानाध्यापक श्रीराम दाहाल, जीएस निकेतनका अध्यक्ष ऋषिराम पोखरेल, नेरेसो बस्तिपुर उपशाखाका सभापति राजु घले, चन्द्रोदय माबीका प्रधानाध्यापक जिधराज ढकाल, बिब्यसका सदस्य रामप्रसाद देबकोटाले मन्तव्य राखेका थिए ।
कार्यक्रममा नेरेसो मकवानपुरका कोषाध्यक्ष किशोर बर्तौला, उप कोसाध्यक्ष मंगल राखाल, सदस्यहरु रामजि सापकोटा, इश्वर पन्डित, कृष्ण बहादुर सापकोटा, गोकर्ण सुबेदी, नारायण तिमल्सिना, पिताम्बर बास्तोला,हेटौंडा –८ का वडा सदस्य रिता मङराती, बिब्यसका पुर्व अध्यक्ष कुलप्रसाद पौडेल, नेरेसो मकवानपुरका कार्यालय प्रमुख लक्ष्मण भट्टाराइ, लेखा प्रमुख रामजि खतिवडा, शिक्षक नायक धनराज फुयाल लगायतको उपस्थिति रहेको थियो ।























प्रतिक्रिया दिनुहोस्