निर्वाचन तयारीका लागि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड गोरखा आएका छन्।
शुक्रबार बिहान गोरखा आएका उनले जिल्लामा भएका केन्द्रिय सदस्यहरुसँग छलफल गरेका हुन्।
माओवादी केन्द्रका बरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, सचिव हितराज पाण्डे लगायत पनि बैठक र कार्यक्रमहरुमा सहभागी छन्।
मंसिर ४ गते हुने प्रतिनिधि सभा निर्वाचनमा गोरखा २ बाट उम्मेदवार बनेपछि अध्यक्ष दाहालले चुनावी रणनीति र छलफलका लागि गोरखा आउने क्रम बाक्लो बनाएका छन्।
भातृ तथा सुभेच्छुक संघ संस्थासँगको भेटघाट, सत्ता गठबन्धनमा रहेका दलका नेता कार्यकतालाई प्रशिक्षण, लगायत कार्यक्रममा सहभागी हुन उनी गोरखा आएका माओवादी केन्द्रले जनाएको छ।
नागरिक न्युजबाट साभारछ ।























प्रतिक्रिया दिनुहोस्