हेटौँडा – बिभिन्न उद्योगले उत्पादन गरेको प्लाष्टिक कपहरु बजारभरिनै पाइने गरेका छन् ।

उक्त प्लाष्टिक कपलाई पियपदार्थ पिउन र पिलाउनका लागि होटल तथा चिया पसलमा पनि प्रयोग गरेको पाईन्छ ।

प्लाष्टिक कपमा चिया पिउदा स्वास्थ्यमा असर पर्ने भएकाले पेपर कपमा चिया पिउने बानी गर्न स्थानिय निकाय र प्रशासनले निकै अगाडी भनेता पनि प्रयोगको गतिबिधि रोकिएको छैन ।

आम नागरिकको लागि प्लास्टिक प्रयोग नगर्न आग्रह गर्दै कागजको कपमा पिय पर्दाथ पिउन शुरु गरौ भन्ने धेरै अघिनै गरिएको जनचेतनामूलक अभियान भने अझै ओझेल परेको छ ।

प्लाष्टिकको बोतल वा गिलासलाई सूर्यको किरणबाट समेत बचाएर पिउनुपर्ने पर्दाथलाई बजार क्षेत्रमा रहेका होटल तथा चिया पसलमा प्रयोग गरिरहेका छन् ।

बातावरणीय स्वास्थ्य दृष्टिकोण अनुसन्धान पत्रमा प्रकाशित लेख अनुसार प्लास्टिकको कपमा तातो पानी वा चिया पिउँदा बिसफेनोल ए ( बि पि ए ) नामक रसायनिक पदार्थ निस्कने गर्दछ जुन मानव स्वास्थ्यको लागि घातक मानिएको हो ।

एक ओर्गेनिक कृतिम यौगिक एक रङ्गहीन ठोस पदार्थ हो भने जुन ओर्गेनिक घोलकहरुमा घुलनशील छ भने पानीमा हल्का घुलनशील छ । गर्भवती महिलालाई ब्रेस्ट क्यान्सर गराउने रोग प्रतिरोधात्मक क्षमतामा ह्रास ल्याइ प्रजनन शक्तिमा पनि कमजोर बनाउने र पुरुषमा प्रोस्टेट क्यान्सर हुने सम्भावाना हुन्छ ।

मानव मस्तिष्कको आकार प्रकारमा क्षति गर्ने क्रोध र तनाब पैदा गराई शरीरमा बोसोको रसायनिक परिवर्तनमा कमी ल्याउने गर्छ । पाचन थैलीमा इन्सलिनको मात्र बढाउछ ।

बाहिरी मुलुको केही देशहरुमा सन् २००९ देखि नै बिसफेनोल एको प्रयोग गरिएको प्लास्टिकको खेलौना र बच्चाहरूको लागि प्रयोग गरिने टिफिन बट्टाहरूमा प्रतिवन्ध गरेको भएता पनि नेपालमा प्रयोग भइरहेका छन् ।

 

यसैक्रममा हेटौँडा उपमहानगर पालिका वडा नम्बर १० मा चिया पिउदै गरेका सचेत नागरिक युवा समुहका अध्यक्ष शिवनारायण श्रेष्ठले पिउदै गरेको चिया र प्लास्टिक कप देखाउदै असर गर्ने जानकारी हुँदाहुदै यसको प्रयोग भईरहेको बताए ।

उनले भने स्वास्थ्यकर्मी देखि बिभन्न व्यक्तीहरुले तातो पिउन हुदैन भनिरहेको अवस्थामा पनि कागजको कप नभएर प्लाष्टिक कप प्रयोग गरेका छन् । कागजको कप केही महंगो भएकाले पनि कष्ट बचाउन प्रयोग गरेको हुन सक्ने अध्यक्ष श्रेष्ठले बताए ।

अध्यक्ष श्रेष्ठले भने “चिया पिउन आएँ यसैमा चिया दिए । शिसा ग्लासमा दिनुन भन्दा पसलेले छैन भन्नु भयो । तत्काल प्लाष्टिक कप हटाउनु भने पसलेले भन्नु भयो किन? तातो पिउदा असर हुन्छ कागजको कप प्रयोग गर्नु भन्ने मेरो भनाईमा पसलेको कुनै चासो थिएन । हामी जस्ता आम उपभोक्ताको कुरा “झुस्से बारुलो” भएको छ ।  यो त एउटा उदाहरण मात्र हो सम्बन्धित निकायहरुले अनुगमन गरि तातो पिय पर्दाथ उपभोक्तालाई पिउन नदिने नियमनमा चासो नदिएका कारण यस्तो कार्य भइरहेको छ।हेर्दा सामान्य लागेपनि यो विषय जटिलै छ श्रेष्ठले भने । ”