चीनका विदेशमन्त्री वाङ यी आउँदो शुक्रबार नेपाल भ्रमणमा आउने भएका छन् । परराष्ट्र मन्त्रालयले सोमबार जारी गरेको विज्ञप्तिअनुसार वाङको नेतृत्वमा उच्चस्तरीय चिनियाँ टोली शुक्रबार भ्रमणमा आउन लागेको हो ।

शेरबहादुर देउवा प्रधानमन्त्री भएपछि आउन लागेका वाङ पहिलो उच्चस्तरीय पाहुना हुन् । यसअघि चीनका रक्षामन्त्री वेई फंगेल १४ मंसिर २०७७ मा नेपाल भ्रमण गरेयता वाङ उच्चस्तरीय पाहुना हुन् । ११ चैतदेखि १३ चैतसम्म तीनदिने भ्रमणमा चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख सङ थाओसहित सात जनाको टोली आउने तयारी भएको जनाइएको छ ।

नेपाल भ्रमणका क्रममा सीमापार रेललगायतका समझदारीपत्रमा हस्ताक्षरको तयारी भइरहेको परराष्ट्र मन्त्रालयका एक अधिकारीले जानकारी दिए । एक वर्षअघि चिनियाँ रक्षामन्त्री वेई तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजनको संघारमा आइपुगेका थिए भने एमसिसी पारित भएको अवस्थामा वाङ आइपुग्दै छन् ।

के–के छन् भ्रमणका एजेन्डा ?

नेपालमा अमेरिकी सहायता परियोजना मिलिनियम च्यालेन्स कर्पोरेसन (एमसीसी) संसद्बाट पारित भएपछि चिनियाँ विदेशमन्त्री वाङ नेपाल भ्रमणमा आउने तयारीमा लाग्नुलाई अर्थपूर्ण रूपमा हेरिएको छ । नेपाल भ्रमणमा आउन लागेका स्टेट काउन्सिलर तथा विदेशमन्त्री वाङले नेपाली समकक्षी डा. नारायण खड्कासँग द्विपक्षीय औपचारिक वार्ता गर्नेछन् भने राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेट हुनेछ ।

वाङसँग एमाले अध्यक्ष ओली, माओवादी अध्यक्ष प्रचण्ड र एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालले भेटवार्ता गर्ने तय भएको छ । चिनियाँ विदेशमन्त्री वाङको भ्रमणले द्विपक्षीय सम्बन्ध विस्तारमा महत्वपूर्ण हुनेछ । परराष्ट्र मन्त्रालयले भ्रमणका एजेन्डा’bout अर्थ, गृह, वाणिज्य, ऊर्जा, भौतिक योजना, पर्यटन, स्वास्थ्य र कृषिलगायत मन्त्रालयसँग दुई चरण छलफल गरिसकेको छ ।

विदेशमन्त्रीको भ्रमणमा नेपाल र चीनबीच चिनियाँ राष्ट्रपतिको भ्रमणमा भएका सम्झौता कार्यान्वयनको अवस्था’bout विस्तृतमा छलफल हुने भएको छ । चिनियाँ विदेशमन्त्रीको भ्रमणमा अहिलेसम्म कार्यान्वयन हुन नसकेको बीआरआई सहकार्यका विषयमा ठोस छलफल हुने अधिकारीको भनाइ छ ।

त्यस्तै, नेपाल र चीनबीच केरुङ–काठमाडौं सीमापार रेलसम्बन्धी एक समझदारीपत्रमा हस्ताक्षर हुने सम्भावना रहेको परराष्ट्रका एक अधिकारीले जानकारी दिए । चिनियाँ विदेशमन्त्रीको भ्रमणमा नेपाल र चीनबीचको आर्थिक तथा प्राविधिक सहयोगसम्बन्धी समझदारीपत्रमा हस्ताक्षरको गृहकार्य भइरहेको छ ।

चिनियाँ राष्ट्रपति सीले नेपाल भ्रमणका क्रममा घोषणा गरेको ५६ अर्ब अनुदान सहयोग कार्यान्वयनको विषय सो समझदारीपत्रले सम्बोधन गर्ने बताइएको छ । त्यस्तै, भ्रमण तयारीमा संलग्न अर्का अधिकारीका अनुसार चिनियाँ विदेशमन्त्रीको भ्रमणमा चीनको सहयोग रहेको भरतपुर क्यान्सर अस्पतालसम्बन्धी एक समझदारीपत्रमा हस्ताक्षर गर्ने तयारी भएको छ ।

यसैगरी, नेपालतर्फ आयातमा चिनियाँ कन्टेनरको संख्या सीमा हटाउन पनि नेपाल सरकारका तर्फबाट आग्रह गर्ने तयारी छ ।

यो समाचार राजधानिबाट साभार गरिएके हो