हेटौंडा । चितवन जिल्लाबाट लागूऔषध सहित २ जना पक्राउ परेका छन् । चितवनको राप्तीनगरपालिका वडा नम्बर–५ मंगलटाँडीमा सुरक्षा जाँदा गर्दा सोही स्थानमा २५ वर्षीय इन्द्र स्याङ्तान र २० वर्षीय सुनिल स्याङ्तान लागूऔषध ट्रामाडोल र हाइड्रोक्लोराइन २२५ क्याप्सुल सहित पक्राउ परेका छन् ।

आइतबार विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय भण्डाराबाट खटिएको प्रहरी टोलीले निजहरुको साथबाट लागूऔषध फेला पारेको थियो । पक्राउ परेका प्रतिवादीहरुलाई नियन्त्रणमा लिएर प्रहरीले हिरासदै राखेर थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।