राजिव परियार- बैसाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचनका लागि राजनीतिक दलहरूले चुनाव केन्द्रित कार्यक्रमलाई तीव्रता दिएका छन् ।
राजनितिमा रहेका व्यक्तीहरुले पदका लागि आफ्ना योजना सुनाउदै उम्मेदवारी दिएका छन् भने आफुले गर्ने कार्य योजना अघि समेत सारेका छन् ।

यसैक्रममा नेकपा एमालेको तर्फबाट भिमफेदी गाउँपालिका वडा नम्बर २ को वडाध्यक्षमा  काशी राम बज्युले  उम्मेदवारी दिएका छन् ।

जनताले विश्वास गरेको पार्टी एमाले भएको र ५ दललिय गठबन्धन गर्दा पनि सहजै चुनाव जितिने बताए ।
२०७४मा पनि निर्वाचित भएपछि समग्र वडाबासीको हितमा काम गरेर जनताको भावाना र चाहाना अनुसार काम गरेका कारण पनि पुनः बाकी रहेका काम गर्ने मौका पाइनेमा ढुक्क रहेको स्थानीय निर्वाचनमा बलियो भएको दावी समेत गरे ।

(यसै विषयमा  राजिव परियारले गर्नुभएको छोटो कुराकानी )

५ वर्षको कार्यकाल सकिएपछि फेरी पनि तँपाईको उम्मेदवारी किन?
मैले २०७४मा निर्वाचित भएर सधै जनताकै लागि हितमा काम गरेको छु । म व्यक्तीगत स्वार्थमा होई हरेक समय जनतकै लागि काम गर्न लागि परेको हुँ काम गरेरै विश्वास जितेका हौं ।

निर्वाचित हुनुभएमा तँपाईले गर्ने कामको प्राथामिकता के हुने छ?

हामी जनप्रतिनिधि भनेको जनताको प्रतिनिधि हौँ । हरेक समय जनतकै समस्या गुनासोको मध्य नजर गरेर समस्या समाभान गर्नु प्रमुख कार्य हो । त्यसैले वडामा रहेका जनतको ममर्, धम चाहाना अनुसार वडा र वडाबासीमा पर्ने समस्या समाधान गर्न कुनै कञ्जुसी हुनेछैन। हरेक बाल बालिकाका लागि शिक्षामा सहज हुने बातावरण बनाउने, हरेकले निःशुल्क र सहजैसंग स्वास्थ्य उपचार पाउने व्यवस्थामा कदम चलाउने र भौतिक पुर्वाधार निमार्णमा पहल गर्ने लगायतका अभियानको तत्काल थालनी गर्ने योजना बनाएको छु ।

शिक्षा र स्वास्थयको लागि कसरी बतावरण मिलाउनु हुन्छ ? शिक्षाकालागि वडामा रहेको एक मात्र विद्यालय श्री कृष्ण माविलाई प्राविधिक बिद्यालयमा रुपान्तर गरि गुणस्तरिय शिक्षा सबै बालबालिकाले सहजै पाउने व्यस्था गर्नेमा मेरो जोड रहने छ ।
स्वास्थ्यकालागि भैँसे स्वास्थ्य चौकीमा स्वास्थकमी जनशक्ती  बढाई ल्याबको व्यवस्थापन गराई सबैले सहजै सवस्थ्य उपचार सुबिधा पाउने व्यवस्था गराउने योजना पनि छ ।

भौतिक पुर्वाधार मा केमा प्राथमिकता रहन्छ ?
भौतिक पुर्वाधारमा बिभिन्न स्थानमा सडक निमार्ण गरि हरेक स्थानमा सहजै यातायात पुग्ने व्यस्था गरि हरेक जनताले उत्पादन गरेका कृषि समाग्री सहरी क्षेत्रमा पुर्याई आर्थिक पाटोमा समृद्धि हुन सक्ने बनाउनका लागि पनि जोड दिने छु । पर्यटकिय क्षेत्रलाई परिचत बनाउन र निर्माणका लागि समेत पहल गर्ने छु ।

धर्म र मर्मलाई बुझेर काम गर्छु भन्नुभएको छ नि त?
हामी नेपाली हौँ । नेपालमा बिभिन्न जातजाती बस्ने गरेका छन् भने बिभिन्न धर्म संस्कृति मान्नेहरु छन् । सबैलाई सम्मान गर्ने र धर्मनिरेपक्ष नेपालको सिद्धान्तलाई मध्यनजर गरेर मठ मन्दिर,गुम्बा, चार्च,मस्जिद लगायतको संरक्षण र निमार्ण पक्षलाई सम्मानजनक बनाउने पहल गर्ने छु ।