मकवानपुरको प्रतिनिधिसभा क्षेत्र नंबर १ को प्रदेशसभा ‘क’ मा १२,८१४ मत गणना गर्दा लोकतान्त्रिक बामगठबन्ध्न तर्फ नेकपा माओबादीका प्रेम बहादुर पुलामी “छिन्तु” ले अग्रता बढाएका छन् ।

जस मध्य पुलामीले ५,३७५ मत पाएका छन् । त्यस्तै नेकपा एमालेका कमल विष्टले ४०३० राप्रपाका सागर थापाले २४८७मत पाएका छन् ।

मकवानपुरमा मंसीर ४ गते सम्पन्न गरिएको प्रतिनिधि सभा र प्रदेस सभा निर्वाचनको हेटौंडा भइरहेको मतगणना जारी छ ।